आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KSM50RF23NCWM59ZWATVHB99.jpg

संसदमा प्रधानमन्त्री आउनुपर्छ, नभए मलाई निकाल्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको उपस्थितीको माग गर्दै प्रतिनिधिसभामा आफूलाई निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले लामो समयदेखि प्रधानमन्त्रीको उपस्थिती माग गरिँदै आएको उल्लेख गरे । उनले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग माग गरे ।
साम्पाङले सभामुखले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसके नियमावलीको ३१ को १ प्रयोग गरेर आफूलाई बैठकबाट निष्कासन गर्न आदेश दिन आग्रह गरे ।
उनले भने, ‘धेरै दिनदेखि हामीले प्रधानमन्त्री ज्युको उपस्थिती माग गर्दै आइरहेका छौं । नियम १५ को २ अनुसार सभामुख ज्युले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भैइरहेको छैन । त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने यहाँले १५ को २ अनुसार प्रधानमन्त्री ज्युलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नु हुन्न भने नियमावलीको ३१ को १ लागु गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरुले यो सदनको गरिमा बढाइदिन म अनुरोध गर्छु ।’
सांसद साम्पाङले आफू सभामाझ ‘बदमास विद्यार्थी’ जस्तो देखिन थालेको टिप्पणी गर्दै सदनको गरिमा यसरी कायम हुन नसक्ने बताए । उनले सभामुखको बाध्यता बुझ्ने उल्लेख गर्दै पनि प्रधानमन्त्रीको उपस्थिती आवश्यक रहेको धारणा राखे ।
उनले भने, ‘कि त १५ को २ प्रयोग गरेर प्रधानमन्त्री ज्युलाई ल्याउनुपर्यो, कि त ३१ को १ प्रयोग गरेर मलाई आजको बैठकबाट निष्कासन गर्ने आदेश दिनुपर्यो । म आज रिसाउने, कराउने वाला पनि छैन । यहाँको मजबुरी बुझिरहेको छु मैले । यहाँको पनि बाध्यता छ, तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन । म अलिकति बदमास विद्यार्थी जस्तो देखा पनि परिरहेको छु संसदमा ।’

प्रकाशित मितिः बुधबार, १३ जेठ २०८३
https://jawaaf.com/storage/01KSKJ2Z0XEFYV2SSZTBXRG3VK.jpg

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ती जारी गर्दै राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने सार्वजनिक रुपमा गुनासो तथा भ्रम सृजना भएकोमा ध्यानाकर्षण भएको जनाइएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त घोषित २० सहकारीका १० हजार भन्दा कम बचत मागदाबी भएका साना बचतकर्ताहरुको बचत फिर्ताको कार्य चरणबद्ध रुपमा भईरहेको छ । तर हालसम्म चक्रिय कोष स्थापना भने भएको छैन ।
समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘हालसम्म समितिमा चक्रिय कोष स्थापना भई खाता संचालन नभएको, तथापि समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको व्यहोरा सम्बन्धित सबैको लागि यो विज्ञप्ति मार्फत जानकारी गराईन्छ ।’

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/१२/१३ को बैठकबाट स्वीकृत एक सय कार्य सूचिहरुको बुँदा नं. ९९ मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रिय कोष स्थापना तथा संचालन सम्बन्धि कार्यविधि, २०८३’ जारी गरेको छ ।

समितिले कर्जा असुलिलाई प्राथमिकता दिई काम गरीरहेको र समितिबाट हालसम्म सम्बन्धित सहकारीका ऋणीबाट असुल भएको रकम सोहि सहकारी संस्थाका बचतकर्तालाई फिर्ता गरिरहेको जनाएको छ ।

प्रकाशित मितिः बुधबार, १३ जेठ २०८३
https://jawaaf.com/storage/01KSKHKKJTDCFEDGW7NCTHJZHC.jpg

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२÷८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ ।

बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

बैठकमा रासायनिक मलको वर्तमान मौज्दात, वितरण प्रणाली र भावी योजनाका सम्बन्धमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारीसँग विस्तृत छलफल गरिने कार्यसूची छ ।

प्रकाशित मितिः बुधबार, १३ जेठ २०८३
https://jawaaf.com/storage/01KSHWR8QQ9M95SPXY6H53CMB1.jpg

सदनमा विपक्षीको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दललले विरोध गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलका सांसदले अवरोध गरिरहेका छन् । प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै उनीहरूले अवरोध गरेका हुन् ।
विपक्षीको अवरोधबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले पेलेरै बैठक अघि बढाएका छन् । प्रधानमन्त्री जवाफ दिन छिटै आउने भन्दै उनले आसनमा बस्न आग्रह गर्दा विपक्षी पछि नहटेपश्चात् बैठकका काम–कारबाही अघि बढाएका हुन् ।
अगाडि बढाएसँगै प्रतिपक्ष सांसदले आसनबाटै नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

प्रकाशित मितिः मङ्गलबार, १२ जेठ २०८३
https://jawaaf.com/storage/01KSHF3P8FVXKKMXZ02VGS9V45.jpg

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । नगरपालिकाले सोमबार सुचना जारी गर्दै वडा नं. २, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो ।
सूचना अनुसार, सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ ।

रोग फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै परेमा अनिवार्य निसंक्रमण गर्नुपर्ने नियम लागु गरेको छ । एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेको अन्डा राख्ने क्रेट पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको फुटपाथ प्रयोग गर्न निर्देशन दिइएको छ । साथै, खोरभित्र जाँदा छुट्टै बुट र एप्रोनको प्रयोग गर्न र दैनिक रूपमा खोर निसंक्रमण गर्न समेत कृषकहरूलाई भनिएको छ ।

यसैगरी, नगरपालिकाले पन्छी फार्म परिसरमा कुकुर, बिरालो र मुसा जस्ता जनावरहरूको प्रवेश रोक्न र मरेका पन्छीहरूलाई तुरुन्तै सुरक्षित तवरले खाल्डोमा गाड्न आग्रह गरेको छ । पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने र मासु तथा अण्डाजन्य पदार्थहरू राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सूचित गरिएको छ । यदि कतै ठूलो संख्यामा पन्छीहरू बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मितिः मङ्गलबार, १२ जेठ २०८३
https://jawaaf.com/storage/01KSGZQ1EMN6B9VTME1FBJPR3X.jpg

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूची रहेको छ ।

प्रधानमन्त्री तथा गृह मन्त्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमल ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूचि छ ।

यस्तै, बैठकमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित मितिः मङ्गलबार, १२ जेठ २०८३
https://jawaaf.com/storage/01KSF86ABGDBRZMWTVA9TKEXBJ.jpg

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने भएका छन् । मंगलबार शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने भएका हुन् ।

उनले यसअघि विदेशी देशका राजदूतहरूलाई एक्लाएक्लै भेट्ने परम्परा तोड्दै प्रशंसा बटुलेका थिए । भ्रमण टोलीमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूतहरू सहभागी छन् ।

प्रकाशित मितिः सोमबार, ११ जेठ २०८३
https://jawaaf.com/storage/01KSEE2RX3QXA4AH6BQ7T1CSXZ.jpg

दाइजो र बालविवाहविरुद्ध सास रहुन्जेल लड्छु : उपसभामुख ठाकुर

सर्लाही । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले छोरीलाई शिक्षित बनाउन र सम्मानका साथ हुर्काउन अभिभावकलाई आग्रह गरेकी छन् ।
सर्लाहीको चन्द्र नगर गाउँपालिकामा आयोजित दुई दिने ‘बाल विवाह एवं दाइजो प्रथा उन्मूलनका लागि बृहत् सभा’मा आइतबार बोल्दै उनले विशेष गरी मधेस क्षेत्रमा गहिरो रूपमा जरा गाडेर बसेको बालविवाह र दाइजो प्रथाविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने बताइन् । समाज परिवर्तनका लागि छोरीलाई पढाउनै पर्नेमा जोड दिँदै उनले दाइजो र बालविवाह देशकै लागि कलंक बनेको उल्लेख गरिन् ।
उपसभामुख ठाकुरले विवाहपछि परिवार टुक्रिने, सम्बन्ध बिग्रिने र सामाजिक तनाव बढ्नुमा दाइजो प्रथाले ठुलो भूमिका खेलेको बताइन् । दाइजो दुवै परिवारका लागि अभिशाप बनेको उल्लेख गर्दै उनले यस्तो कुप्रथाको अन्त्य गर्न सबै तहबाट अभियान चलाउनुपर्ने धारणा राखिन् ।
उनले पछिल्लो समय किशोर किशोरी घर छाडेर हिँड्ने प्रवृत्ति बढ्दै गएकोतर्फ पनि चिन्ता व्यक्त गरिन् । अभिभावकको सुझावलाई गलत अर्थमा नलिन र आवेगमा निर्णय नगर्न युवापुस्तालाई आग्रह गरिन् ।
यस्तै, कार्यक्रममा सर्लाही क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारीले समाजमा रहेका कुरीति, कुसंस्कार र विभेद शिक्षा मार्फत मात्रै हटाउन सकिने बताइन् । उनले छोरी शिक्षित भए परिवार र समाज दुवै सबल बन्ने भएकाले छोरीको शिक्षामा विशेष ध्यान दिन आग्रह गरिन् ।

प्रकाशित मितिः सोमबार, ११ जेठ २०८३
https://jawaaf.com/storage/01KSCHYRVJGCMB1HGBBYGWP0PX.jpg

वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडक : मरुभूमि भित्रै बन्यो अद्भूत पार्क

काठमाडौं । चीनको सबैभन्दा ठूलो मरुभूमि, ताक्ला मकानलाई छिचोल्ने तारिम मरुभूमि सडकले हरित ऊर्जा उत्पादनमा एक नयाँ कोशेढुङ्गा पार गरेको छ ।

चीनको सरकारी तेल कम्पनी पेट्रोचाइनाका अधिकारीहरूका अनुसार, सन् १९९५ मा यो सडक सुरु भएदेखि हालसम्म यहाँ जडान गरिएका सौर्य प्यानलहरूबाट १ करोड ५० लाख किलोवाट–घण्टा स्वच्छ ऊर्जा उत्पादन भएको छ । ५२२ किलोमिटर लामो यस सडकको किनारमा राखिएका सौर्य प्यानलहरूले यो उपलब्धि हासिल गरेका हुन् ।

यस सौर्य ऊर्जाको मुख्य प्रयोग सडकको दुबै किनारमा लगाइएको विशाल हरित पर्खालमा सिँचाइ गर्नका लागि पानी तान्ने पम्पहरू चलाउन गरिन्छ । मरुभूमिको विस्तार रोक्न र सडकलाई बालुवाको कटानबाट जोगाउन सडकको दुबैतर्फ करिब २ करोड रुख र बुट्यानहरू रोपिएका छन् ।

यो हरित क्षेत्रले वायुमण्डलमा रहेको कार्बन उत्सर्जनलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । तथ्याङ्कका अनुसार यस आश्रय क्षेत्रले वार्षिक २० हजार टन कार्बन डाइअक्साइड सोस्ने गर्दछ । यसैका कारण यो मार्ग अहिले विश्वकै नमुना ’जिरो–कार्बन’ (शून्य कार्बन) राजमार्गको रूपमा स्थापित भएको छ ।

पर्यावरण संरक्षण र पूर्वाधार विकासलाई सँगै लैजान सकिन्छ भन्ने यो परियोजनाले विश्वका अन्य देशहरूका लागि पनि एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ । सीसीटीभी

प्रकाशित मितिः आइतबार, १० जेठ २०८३
https://jawaaf.com/storage/01KSC48WKAQGJ81TCEB1J7KKNN.jpg

ह्वाइट हाउस नजिक गोली चल्यो, संदिग्धको मृत्यु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारी निवास ह्वाइट हाउस नजिक शनिबार राति भएको गोलीकाण्डमा एक संदिग्धको मृत्यु भएको छ । अमेरिकी गोप्य सुरक्षा निकायका अनुसार संदिग्धले चेकपोस्ट नजिक झोलाबाट हतियार निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए । त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी फायर गरेका थिए ।

घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन् । घटनाका बेला अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमै रहेका थिए, तर उनको सुरक्षामा कुनै असर नपरेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । एएनआई

प्रकाशित मितिः आइतबार, १० जेठ २०८३