वैधानिकता पाउन कांग्रेसभित्र रस्साकस्सी : ‘विशेष’ र ‘नियमित’ सम्बन्धी व्याख्याले अन्योलता
काठमाडौं । नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर मोडमा उभिएको छ । ०५९ असारमा विशेष महाधिवेशनपछिको यो दोस्रो महाधिवेशनपछि पार्टी विधिवत रुपमा पुनः विभाजित अवस्थामा छ ।
संकटकालको अवधि बढाउने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव कांग्रेस केन्द्रीय समितिले अस्वीकार गरेपछि विकसित घटनाक्रमले कांग्रेसको अनुशासन समितिले देउवालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरेको थियो । तर देउवाले महाधिवेशन प्रतिनिधिहरू डाकेर ०५९ असारमा विशेष महाधिवेशन आयोजना गरेर पार्टी विभाजन गरेका थिए ।
हाल फेरि कांग्रेस पुरानै अवस्थामा फर्किएको छ । २७ र २८ पुसलाई तोकिएको विशेष महाधिवेशन ३० पुससम्म आइपुग्दा विभाजनमा पुगेको छ । गगन थापा र विश्वप्रकाश शर्माले अगुवाइ गरेको दोस्रो विशेष महाधिवेशनले कांग्रेसलाई स्पष्ट रुपमा दुई कित्तामा विभक्त गरिदिएको छ ।
शुक्रबार मात्र विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वबारे निर्वाचन आयोगमा अद्यावधिक विवरण पेस भएको छ । सभापतिमा निर्वाचित थापा आफैँ निर्वाचन आयोग पुगेर आधिकारिकताका लागि पहल सुरु गरेका छन् । कांग्रेस चोइटिने र गुटगत रुपमा विभाजित हुने श्रृखंला पुरानै भएपनि यसपटक ठूलो तप्का छिन्नभिन्न बनेको छ । पार्टी पुनः सम्हालिएर बलियो र सुधारिएको कांग्रेस बन्न कठिन देखिएको छ ।
विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वका सवालमा कानुन व्यवसायीहरु पनि विभाजित देखिएका छन् । कांग्रेस पार्टीको विधानभित्रका धारा र उपधारालाई आ–आफ्नै तरिकाले व्याख्या गरिरहेका छन् । केही बरिष्ठ अधिवक्ताहरु गगन पक्षको खुलेर समर्थनमा छन् ।
वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले विशेष महाधिवेशनबाट चुनिएको कार्यसमिति नै वैधानिक रहेको दाबी गरिरहेका छन् । उनले गगन थापाको टिम विधिवत र सर्वसम्मत् ढंगले निर्वाचित भएकाले सोही समिति मान्य हुने दाबी गरिरहेका छन् ।
अर्का अधिवक्ता केशवराज जोशी २०७८ साल मंसिर २८ गते महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमिति शतप्रतिशत वैधानिक रहेको दाबी गरिरहेका छन् । हालको विशेष महाधिवेशनमा कार्यविधि, कानून, विधान नअपनाइ गरिएको बोलाइएको भेलाले गठन गरेको कार्यसमिति नचिन्ने उनी बताउँछन् ।
नेपाल बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे पनि कांग्रेसको विधानअनुसार वैधानिक रुपमा विशेष महाधिवेशन सम्पन्न भएकाले चाँडै वैधानिकता पाउने बताउँदै आएका छन् ।
उनले नेतृत्व चयनको विषय पनि विवादको विषय नभएको भन्दै विशेष महाधिवेशनले ध्वनिमतबाट पारित गरेर कार्यविधि बनाएको र सोहीअनुसार नेतृत्व चयन गरिएको दाबी गरेका छन् । केन्द्रीय समितिले बोलाउनुपर्ने विशेष महाधिवेशन महामन्त्रीले बोलाएको हुँदा वैधानिकता हुनेमा कुनै समस्या नभएको उनको भनाइ छ ।
यता, युवा पुस्ताका अधिवक्ताहरु पनि विशेष महाधिवेशनका सन्दर्भमा विभाजित देखिएका छन् । अधिवक्ता नारायण पौडेल विशेष महाधिवेशनको ६० प्रतिशत बढी केन्द्रीय प्रतिनिधिहरु सहभागी भएको भेलाले चयन गरेको नीति र नेतृत्व वैध हुने दाबी गर्छन् ।
‘दुई महामन्त्रीलाई गरिएको कारवाही नै विधान विपरित छ । अघिल्लो दिन हलले कार्यसमिति भंग गरेको र भोलिपल्ट कुनै स्पष्टिकरण पनि नसोधी कारवाहीको निर्णय गरिएको कुरा नै वैध छैन् । यसमा व्यक्तिगत इगोले काम गरेको छ,’ उनले अगाडि भने,‘कांग्रेसको विधानको दफा १७(१)मा महाधिवेशन प्रत्येक चार बर्ष हुने भनिएको छ । सोही दफाको उपदफा(२)मा केन्द्रीय समितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको लिखित माग गरेका विशेष महाधिवेशन हुनुपर्छ । सोही अनुसार महाधिवेशन भएको हो । अहिले तीन महिना पुगेकाले विधानसम्मत अधिवेशन भएको हो । यसलाई अवैध कायम गर्न सक्छ जस्तो लाग्दैन् ।’
केन्द्रीय समितिले आफैं विशेष महाधिवेशन बोलाएको भए हालको अवस्था नआउने उनको जिकिर छ । कार्य सम्पादन समितिको बैठकले गरेको निर्णय केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने भएपनि त्यो नभएकाले देउवा नेतृत्वले गरेको निर्णय अवैध हुनसक्ने उनले अनुमान गरे ।
नियमित र विशेष महाधिवेशनका बारेमा विधान स्पष्ट नभएकाले अन्योलता सिर्जना गरेको पनि उनको भनाइ छ । हुनत कांग्रेस अझै विभाजित अवस्थामा नभएकाले निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म पुग्दा फरक अवस्था हुने उनले बताए ।
अर्का अधिवक्ता वोधविक्रम थापा विशेष महाधिवेशन सहभागी भएका प्रतिनिधि नै अवैध भएको दाबी गर्छन् । ‘शेर बहादुर देउवा नेतृत्वको कार्यसमिति एक बर्ष म्याद थपेर काम गरिरहेकाबेला विशेष महाधिवेशनका नाममा अर्को नेतृत्व चयन गर्नु वैधानिक देखिदैन् । नियमितका लागि तोकिएको कार्य तालिका सार्वजनिक गर्नेको हिस्सेदार महामन्त्रीद्वय भएकाले विशेषमा गएर नयाँ नेतृत्व चयन गर्ने काम व्यवहारिक नहोला । यसका लागि राजनीतिक दल सम्बन्धि ऐन आकर्षित हुन्छ,’ उनले भने ।
विवाद निरुपण सम्बन्धी सुनुवाइ हुने भएकाले सबै विवाद निर्वाचन आयोगको कोर्टमा पुगेको उनले बताए । पार्टीको आधिकारिताबारे तत्काल छिनोफानो संभव नहुने भएकाले तत्कालका लागि शेर बहादुर देउवाकै नेतृत्वमा रहेको कांग्रेस चुनावमा जानसक्ने उनले अनुमान गरे ।
यद्यपी, कानुनलाई कति मान्ने भन्दापनि आवश्यक्ताको सिद्धान्तलाई मान्नुपर्ने अवस्था आउनसक्ने उनले आंकलन गरे । निर्वाचन आयोगलाई पनि कांग्रेसको विधानले अफ्ठयारो पार्नेसक्ने दाबी गरे । किनकी नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको र विशेष महाधिवेशनका लागि कुनै कार्यविधि नभएकाले अवस्था पेचिलो बन्ने उनको भनाइ छ ।
‘नियमित महाधिवेशनका लागि त अलग्गै कार्यविधि, नियमावली छ तर विशेषका सवालमा बोलाउनुपर्नेछ मात्र भनिएको छ । आब्हानकर्ताहरुले पनि नेतृत्व परिवर्तन गर्ने वा महामन्त्री परिवर्तन गर्ने वा पूर्ण कार्यसमिति नै परिवर्तन गर्ने सवालमा विशेष महाधिवेशनले केही बोलेको छैन् । त्यसैले विशेषले परिवर्तन गरेको कार्यसमिति वैध हुने अवस्था देखेको छैन्,’ उनको दाबी छ ।
बाल्यकाल थारु समुदायमै वितेकाले माघी पर्व विशेष लाग्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले आफ्नो बाल्यकाल थारु समुदायमा बितेको भन्दै थारु परिवार आफ्नै लाग्ने बताएकी छिन् । बिहीबार काठमाडौंमा थारु समुदायले मनाएको माघी पर्वको अवसरमा बोल्दै उनले थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद आफ्नो जिब्रोमा भिजेको भन्दै त्यसैले माघी पर्व आफ्नो लागि पनि विशेष पर्व रहेको बताइन् ।
उनले भनिन्, ‘मलाई थारु परिवार आफ्नै हुन् जस्तो लाग्छ । मेरो बाल्यकाल थारु समुदायका साथीहरुसँगै बितेको छ । थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद मेरो जिब्रोमा भिजेको छ । त्यसैले माघी पर्व मेरो लागि पनि विशेष पर्व हो ।’
त्यस्तै उनले वर्तमान समयमा विश्वास, सद्भाव र सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति स्थायीत्व र समृद्धितर्फ अग्रसर गराउनु राष्ट्रिय आवश्यकता बनेको धारणा राखिन् ।
‘आजको समय विश्वास सद्भाव र सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति स्थायीत्व र समृद्धितर्फ अग्रसर गराउनु राष्ट्रिय आवश्यकता बनेको छ । वर्तमान समयमा हामी सबै अझ हामी संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’
प्रधानमन्त्री कार्कीले थारु समुदायको मौलिक संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको जानकारी दिइन ।
सहकारी ठगका नाइके लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक : जेन्जी मुभमेन्ट
काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका मुख्य नाइके रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ। महान्यायाधिवक्ताबाट शक्तिको दुरुपयोग गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरिएको घटनापछि नै आफूहरूले तत्काल बर्खास्तीको माग गरेको मुभमेन्टले जनाएको छ।
मुभमेन्टका अनुसार सुशासन र कानुनी राज्य स्थापनाका लागि भएको जेन्जी विद्रोहका क्रममा ७६ जना नागरिकले जीवन बलिदान दिएका थिए भने ३,००० भन्दा बढी नागरिक अङ्गभङ्ग भएका थिए। ती ऐतिहासिक बलिदानमाथि अपराधी संरक्षण गरेर खेलवाड गर्नु गम्भीर आपत्तिजनक भएको जनाइएको छ।
जेन्जी मुभमेन्टले विद्रोहलाई अपहरण गर्दै सत्ता कब्जामार्फत बनेको सुशीला कार्की नेतृत्वको सरकार र उहाँले नियुक्ति गरेका महान्यायाधिवक्ताबाट अपराधीलाई उन्मुक्ति दिने कार्यले कानूनको सर्वोच्चता कमजोर पारेको आरोप लगाएको छ। यस्तो कार्य लोकतान्त्रिक मूल्य, पीडितको न्याय र राज्यको जिम्मेवारीविरुद्ध भएको मुभमेन्टको ठहर छ।
भाद्र २४ गते रवि लामिछाने समूहले जेल भत्काई कैदी भगाएको र देशभरि अस्तव्यस्तता सिर्जना गरेको घटना सर्वविदित रहेको उल्लेख गर्दै, राज्यविहीनता सिर्जना गरी सत्ता हासिल गर्ने उद्देश्यले योजनाबद्ध अस्थिरता फैलाइएको दाबी पनि मुभमेन्टले गरेको छ। सहकारी ठगीका लाखौँ पीडित आज पनि न्यायको प्रतीक्षामा तड्पिरहेको, कतिपयले आत्महत्या गरिसकेको र धेरैजसो मानसिक तथा शारीरिक पीडामा रहेको जनाएको छ।
जेन्जी मुभमेन्टले अपराधीलाई दिइने कुनै पनि उन्मुक्तिलाई जेन्जी विद्रोहमाथिको धोका र बलिदानीमाथिको गम्भीर अपमानको रूपमा व्याख्या गरेको छ। “कानून सबैका लागि समान हुनुपर्छ, शक्तिशालीका लागि छुट र पीडितका लागि मौनता स्वीकार्य छैन,” वक्तव्यमा भनिएको छ।
यसैबीच, मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की तथा उहाँले नियुक्ति गरेका महान्यायाधिवक्तालाई सार्वजनिक रूपमा बहिष्कार र अवज्ञा गर्न आह्वान गरेको छ। साथै, अपराधी संरक्षणको संस्कृति तत्काल अन्त्य गर्न, महान्यायाधिवक्तालाई पदबाट हटाउन र सहकारी पीडितलाई निष्पक्ष न्याय सुनिश्चित गर्न सरकारसँग कडा माग गरेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले भने– ‘कांग्रेसको शान जोगाएर काम गर्छु’
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन पार्टीको शान र गौरव जोगाउँदै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विशेष महाधिवेशनलाई समापन समारोहलाई सम्बोधन गर्दै उनले यो जिम्मेवारी सामान्य नभएको उल्लेख गर्दै आफूले पाएको विश्वासको कदर गर्दै कसैको पनि शिर निहुराउने अवस्थामा नपुग्ने गरी काम गर्ने बताए ।
उनले भने, ‘यो जोखिम हामीले उठाउनैपथ्र्यो। मैले भन्दा पनि तल बस्ने साथीहरू र स्टेजमा रहेका धेरै नेताहरूले ठूलो जोखिम उठाउनुभएको छ। आज हामी नेपाली कांग्रेसको विशेष महाधिवेशनको ऐतिहासिक क्षणमा छौँ। म तपाईंहरू सबैप्रति आभारी छु।’
सभापति थापाले नेपाली कांग्रेसजस्तो गौरवशाली पार्टीको नेतृत्व सम्हाल्नु ठूलो जिम्मेवारी भएको उल्लेख गर्दै इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए। ‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदा मात्र पनि गर्वले छाती फराकिलो हुन्छ। त्यस्तो महान् पार्टीको नेतृत्व गर्ने जिम्मेवारी सानो होइन,’ उनले भने।
आफूले पार्टीको शान कायम राख्ने मात्र नभई कांग्रेससँग जोडिएका कार्यकर्ता र समर्थकलाई पार्टीप्रति गर्व गर्ने अवस्था बनाउने उनले बताए। साथै देशका नागरिकहरूमा ‘नेपाली कांग्रेस छ’ भन्ने भरोसा जगाउने काम कांग्रेसले फेरि गर्ने दाबी पनि उनले गरे।
उनले नेपाली कांग्रेस फुटेको हैन भन्दै विधानमा भनिए अनुरुप विशेष महाधिवेशनको अभ्यास मात्र भएको बताए । ‘अब हामीले धेरै कामहरु गर्नुपर्नेछ । नेपाली कांग्रेसका बारेमा कोही साथिहरुले कृपया कसैले पनि यो कुरा नसोधिदिनु होला, नभन्दिनु होला कांग्रृस फुटेको छैन। कांग्रृस यही छ । कांग्रेसको विधानमा विशेष महाधिवेशन हुन्छ भनेर लेखेको विधानको अभ्यास गर्दा कसरी फुट्छ कांग्रेस ?कसरी फुट्न सक्छ कांग्रेस ?’ नवनिर्वाचित सभापति थापाले भने ।
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/ltN_7OFmJoc?si=lnITUSprD0QC4hZN" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
माघी पर्व र थारु संस्कार–संस्कृतिमा राजनीतिक घुसपैठ मान्य हुँदैन
काठमाडौं । माघको चिसो बिहान शहर र बस्ती निदाइरहेकै बेला थारु बस्तीहरूमा भने नयाँ उमंगको सुरु हुन्छ । बिहान ४ बज्न नपाउँदै नदी, खोल्सा, पोखरीतिर स्नानका लागि लाग्ने भीड देखिन्छ । अनि अनुहारमा नयाँ वर्षको आशा भरिन्छ र माघी अर्थात थारु समुदायको नयाँ वर्ष प्रारम्भ हुन्छ ।
थारु समुदायका लागि माघी केवल एक पर्व होइन, यो सामूहिक स्मृति, सामाजिक पुनर्संयोजन र आत्मपहिचानको दिन हो । पश्चिम दाङदेखि कञ्चनपुरसम्म र पूर्वी तराईसम्म फरक–फरक नाम र परम्परामा मनाइए पनि माघीको आत्मा एउटै छ– ‘दुःख बिर्सेर नयाँ सुरुवात गर्ने ।’
थारु माघी महोत्सव २०८२ का आयोजक नन्दुराज चौधरीका अनुसार माघ १ गते बिहानै माघी स्नान अर्थात ‘माघ लहान’ गर्ने परम्पराले शारीरिक मात्र होइन, आत्मिक शुद्धताको अर्थ पनि बोकेको हुन्छ ।
माघीको दिन स्नानपछि घर फर्केर ‘निस्राउ’ छुट्याइन्छ । निस्राउमा चामल, दाल, नुन, बेसार, तरकारी र गक्षअनुसार दानदक्षिणा हुन्छन् । चौधरीका अनुसार निस्राउ छोएपछि ठूलाबडासँग ढोग–सलाम गरी आशीर्वाद लिने चलन छ, जसले पुस्ताबीचको सम्बन्धलाई बलियो बनाउँछ । छोरीबेटीका लागि कपडा छुट्याउने परम्परा रहेको र त्यसले माइती र चेलीको नाता अझै जीवित राख्छे उनले बताए ।
माघीमा हरेक घरमा घिक्री, घोंगी, सोरिकशिखर, खिचरीजस्ता परिकार पाक्छन्। पश्चिम तराईमा करिब १५ दिनसम्म मघौटा, धमाहा, झुम्रा जस्ता नाचगानले गाउँ भरिने उनले बताए ।
‘हरेक घरमा पकवान घिक्री, घोंगी, सोरिकशिखर लगायत विभिन्न पकवानहरु हुन्छन् । त्यो सेवन गर्ने गराउने गर्छौं। हाम्रो पश्चिमतिर १५ दिनसम्म मनाइन्छ । नाचगान गरेर मघौटा, धमाहा लगायत गीतहरु गाएर घरघरमा जसरी देउसीभैलो खोलिन्छ त्यसैगरी घरघरमा गएर खेल्ने चलन पनि छ,’ उनले भने ।
पूर्वी तराईमा तिल र मुरीको प्रयोग, परिधान र संस्कारमा केही फरक भए पनि पर्वको मर्म उही मेलमिलाप र नयाँ आशा रहेको उनको भनाई छ ।
उनले भने, ‘पूर्वतिर तिल, अलिकति मुरैहरु खानुहुन्छ । परिकार वा संस्कारमा पनि सबैतिर लगभग उही प्रक्रिया हो, तर मनाउने चलन फरक छ ।’
माघी थारु समुदायका लागि नयाँ वर्ष मात्र होइन, नयाँ नेतृत्व चयनको समय पनि भएको उनले बताए । थारु समुदायमा परम्परागत ‘बरघर प्रणाली’मार्फत गाउँको नेतृत्व छनोट गरिन्छ । पश्चिम नेपालका दाङ्ग, सुर्खेत, वाँके, वर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका थारू समुदायमा बरघर प्रणाली प्रचलित छ ।
बरघर प्रणालीका कारण यी जिल्लाका थारू समुदायमा बाटो, कुलो, बाँध निर्माण र मर्मत सम्भार गर्न सरकारी बजेटको मुख नताकेर जनश्रमदानबाट काम सम्पन्न गर्ने चलन बसेको छ । जसले निस्वार्थ सेवा भावले काम गरिन्छ, पारिश्रमिक लिइदैन । उनले भने, ‘जो अगुवा हुनुहुन्छ, उहाँले समाजप्रति सेवा गर्नुहुन्छ । उहाँहरूले समाजप्रति गर्ने काम निष्पक्ष रूपले गर्नुहुन्छ । सामुदायिक हिसाबले चुन्छौं ।’
तर पछिल्लो समय पहाडबाट बसाइसरी आउने प्रचलन बढेसँगै ‘बरघर’ प्रणालीमा परिवर्तन आएको चौधरी बताउँछन् ।
उनका अनुसार थारु बस्तीहरूमा पहाडीयाहरुको बाहुल्यता बढ्दो छ, जसले थारु समुदाय सीमित भइरहेको छ । बरघर प्रणालीमा समेत राजनीति छिराउन खोजिएको र पारिश्रमिक पनि माग गर्ने कुरा अमान्य हुने उनले बताए ।
‘पहाडबाट आएकाहरुले गर्दा नयाँ बस्तीहरू बढ्दैछन्, थारू समूदाय भन्दा अन्यको बाहुल्यता बढ्दै छ । हामी सीमित भइरहेको अवस्थामा बरघर सिस्टम राजनीति छिर्न खोज्दैछ,’ उनले थप भने, ‘त्यसमा हाम्रो आपत्ति छ, उहाँहरूले पनि अगुवाइ गर्न खोजिराख्नुभएको छ समाजमा । राजनीतिक तरिकाले चलाउन खोज्नुहुन्छ ।’ उनले आफ्नो समुदाय सरकारी प्रणाली भन्दा भिन्न तरिकाले चलाउँने पनि बताए ।
आधुनिकता, बसाइँसराइ र नयाँ पुस्ताको जीवनशैलीसँगै थारु समुदायको सांस्कृतिक निरन्तरता चुनौतीमा परेको छ । यही सन्दर्भमा थारु माघी महोत्सव जस्ता पर्वहरू पुस्तान्तरणका सेतु बनेको चौधरीले बताए ।
संस्कृतिलाई व्यावसायिक र पर्यटनसँग जोड्न सके पहिचान जोगिनुका साथै विकास पनि हुने उनको भनाइ छ ।
टुँडिखेलमा थारु पहिचानको उत्सव
पुस ३० र माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने थारु माघी महोत्सव २०८२ ले देशभरका थारु समुदायलाई एउटै मञ्चमा जोड्नेछ । झाँकी ¥याली, सांस्कृतिक प्रस्तुति, परम्परागत खानपान र हस्तकलाले थारु पहिचानलाई राजधानीमै उजागर गर्नेछ।
थारु माघी महोत्सव २०८२ को झाँकी र्यालीको संयोजक रहेका चौधरीका अनुसार थारु संस्कृति केवल समुदायको मात्र होइन, नेपालकै सांस्कृतिक धरोहर हो। अन्तर्राष्ट्रिय स्तरमा यसको प्रवद्र्धनका लागि सरकारको नीतिगत र आर्थिक सहयोग अपरिहार्य छ । यसले पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्र र राष्ट्रिय समृद्धिमा योगदान पु¥याउन सक्ने उनको अपेक्षा छ ।
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/SKjyEAYAOMY?si=-VtnCIDNHJyI8ojD" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
“मन चाह्यो- मुद्दा हाल्यो थुन्यो, मन फुक्यो, मुद्दा फिर्ता लियो” : सरकारको निर्णयप्रति गणेश राईको व्यंग्य
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) १ नं. प्रदेश समितिका अध्यक्ष गणेश राईले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध चलिरहेको मुद्दा फिर्ता लिने सरकारी निर्णयप्रति कडा आपत्ति जनाएका छन्। उनले सरकारको निर्णयप्रति व्यंग्यात्मक रूपमा विरोध जनाउँदै यसले नेपालको शासन प्रणाली गम्भीर रूपमा कमजोर र भ्रष्ट भएको सन्देश दिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राईले शक्ति र पहुँचका आधारमा कानुन चल्ने अवस्था देखिएको टिप्पणी गरेका छन्। “मन चाह्यो– मुद्दा हाल्यो, थुन्यो; मन फुक्यो– मुद्दा फिर्ता लियो। गज्जब छैन त?” भन्दै उनले सरकारको निर्णयप्रति व्यंग्य गरेका छन्। उनका अनुसार यस्ता कदमले कानुनी शासन र न्यायिक निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ
महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन स्वीकृति दिएको हो। उक्त निर्णयपछि कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सम्बन्धित अभियोग फिर्ता लिने प्रक्रिया अघि बढाउने जनाइएको छ।
राईले भ्रष्ट शासकहरूको शासन अन्त्यका लागि सबै नागरिक एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले यस्ता निर्णयले आम नागरिकको न्याय प्रणालीप्रतिको विश्वास कमजोर बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर असर पार्ने चेतावनी दिएका छन्।
आफूलाई निष्कासन गरेपछि गगनले भने, निजी कम्पनी हो र जा भनेर जानलाई ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संस्थापन पक्षले आफूहरुलाई निष्कासन गर्ने निर्णय गरेकोप्रति कडा जवाफ फर्काउँदै तपाईको प्राइभेट कम्पनी हो निकाल्न भन्दै प्रश्न गरेका छन् ।
बुधबार विशेष महाधिवेशन स्थलमा बोल्दै उनले बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्ने बताए ।
उनले भने, ‘बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्छ । मैले समाचार सुने नेपाली कांग्रेको केन्द्रीय समितिको बैठकले दुई जना महामन्त्री र एक जना सहमहामन्त्रीलाई निकालियो रे ? तपाईको प्राइभेट कम्पनी हो र निकाल्नलाई ? हामीलाई कसैले घरभित्र आइज भनेर आएको होईन,जा भनेर जानलाई ।’
त्यस्तै उनले महाधिवेशनले निर्वाचन आयोगलाई समयमा नै जानकारी गराएको पनि बताए । शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गर्दै उनले नयाँ कार्यसमिति चयन गर्ने क्रममा आफूहरु रहेको बताए ।
उनले भने, ‘तपाईहरु मात्रै निर्वाचन आयोग जान्नुहुन्छ ? यही निर्वाचन आयोगमा यही ठाउँबाट विषेश महाधिवेशनको प्रारम्भ भएर त्यो विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमा नै जानकारी गराइसकेको छ । शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ हामी नयाँ कार्यसमिति चयन गर्ने क्रममा छौं ।’
उनी कारबाहीको निर्णय गर्नुअघि आफूलाई स्पष्टिकरण नसोधिएको भन्दै आक्रोसित भए । ‘म पार्टीको महामन्त्री मलाई कारबाही गर्नुअघि एकपटक सोध्नुपर्दैन् ? मलाई स्पष्टिकरण सोध्नु पर्दैन् ? निजी कम्पनीमा समेत सोधिन्छ ।’ उनले भने ।
उनले यो पार्टी नफुट्ने भन्दै अब आधिकारीक पार्टी नै यही भएको दाबी गरे । प्रधानमन्त्रीको उम्मेद्वार जसलाई बनाएर जाँदा पनि हुने बताउँदै उनले तर कम्तिमा पनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर जान नैतिकताले नदिने धारणा राखे ।
कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ। रातभर विभिन्न चरणमा भएका वार्तामा पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फत नै गरिने स्पष्ट भएको हो।
विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षबाट अन्तिम वार्ताको प्रयास भइरहेको जानकारी आए पनि त्यसलाई मध्यनजर गर्दै महाधिवेशनको कार्यक्रम अगाडि बढाइएको बताए।
उनले भने, ‘निर्वाचनको तालिका यथावत् छ। उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने जानकारी आएको छ, त्यसलाई हामी सम्मान गर्छौं। तर सहमति नभए हाम्रो कार्यक्रमअनुसार प्रक्रिया अगाडि बढ्छ।’
पोखरेलले मंगलबार बेलुकी विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा पनि सहमति नजुटे निर्वाचनमार्फत नै नेतृत्व चयन गरिने स्पष्ट पारेका थिए।
उनका अनुसार संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार देखिए पनि सभापति देउवा नेतृत्व हस्तान्तरण गर्न तयार नभएको अवस्था आफूहरूका लागि स्वीकार्य नरहेको बताए। उनले सभापति देउवाले पार्टी नेतृत्व छोडेर पार्टी र आफ्नो व्यक्तित्वसम्बन्धी लेखनमा बाँकी जीवन समर्पित गर्नुपर्ने धारणा समेत व्यक्त गरे।
यसैबीच, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै बन्दसत्र समापन गरिएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले नयाँ पदाधिकारी संरचनाको खाका समेत तयार गरिरहेको जनाइएको छ।
बुधबार बिहान पनि वार्ताको ढोका खुला राखिने भए पनि निर्वाचनको प्रक्रिया नयाँ तालिकाअनुसार अगाडि बढ्नेछ। केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयन दर्ताको समय बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्मका लागि थप गरिएको छ।
कांग्रेस विशेष महाधिवेशन विवाद समाधानका लागि दुई समूहबीच वार्ता हुने
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधानका लागि विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच वार्ता समिति गठन गरिएको छ । विशेष महाधिवेशनलाई लिएर दुवै पक्षका प्रतिनिधिहरूबीच छलफल गर्न वार्ता समिति गठन गरिएको हो ।
पार्टीभित्र देखिएको आन्तरिक विवादलाई सहमतिमार्फत टुंग्याउने उद्देश्यसहित विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको पक्ष तथा संस्थापन समूहले आ–आफ्नो तर्फबाट वार्ता समिति गठन गरेका छन् ।
विशेष महाधिवेशन पक्षधर वार्ता समितिमा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, साथै नेता गुरुराज घिमिरे र देवराज चालिसे रहेका छन् ।
त्यसैगरी संस्थापन समूह तथा डा। शेखर कोइराला पक्षको तर्फबाट पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेता रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा। मिनेन्द्र रिजाल वार्ता समितिमा सहभागी छन् ।
विशेष महाधिवेशनको वैधता, पार्टी विधान, नेतृत्व तथा भावी कार्यदिशाबारे देखिएको मतभेदलाई सहमतिमा समाधान गर्ने प्रयासस्वरूप वार्ता गरिने नेताहरूले बताएका छन् । वार्ताबाट ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको भए पनि छलफलको परिणामबारे आधिकारिक जानकारी भने आइसकेको छैन ।
विशेष महाधिवेशनमा महामन्त्री थापाले पेस गरे प्रतिवेदन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरेका छन् । जारी महाधिवेशनमा विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्दै राजनीतिक प्रस्ताव पेस गरेका हुन् । केन्द्रीय समितिबाटै बोलाउँदा उपयुक्त हुन्छ भनेर अन्तिमसम्म प्रयास गर्दा पनि नसकेको कारणले बाध्यकारी भएर आफूहरूले बोलाएको उल्लेख छ ।
यस्तो छ समसामयिक राजनीतिक प्रस्ताव र विशेष महाधिवेशनको नीतिगत संकल्प
इतिहास साक्षी छ नेपाली कांग्रेस पार्टीले नेपाली जनताले सुम्पिएको हरेक युगान्तकारी र चुनौतीपूर्ण अभिभारा इमान्दारी र निष्ठापूर्वक निर्वाह गर्दै आएको छ ।
यस विशेष महाधिवेशन ‘कांग्रेस बदल्न’का लागि बदलिएको कांग्रेसमार्फत देश बदल्नको लागि हो । यस विशेष महाधिवेशनबाट हामीले सन्देश दिनुपर्नेछ हामी सच्चिन्छौं, हामी बदलिन्छौं र हामी सक्छौं । समयले हामी प्रत्येक सदस्यबाट फेरि त्यही निष्ठा, उच्च नैतिक आदर्श र समर्पण खोजेको छ, जुन हाम्रा अग्रजले कहिल्यै कमजोर हुन दिएका थिएनन् । यसको लागि पार्टीलाई गतिशील बनाउनु पर्नेछ । सङगठनभित्र प्रत्येक सदस्यलाई ऊर्जा र न्यायको अनुभूति दिलाउनु पर्नेछ । समर्थक र शुभेच्छुकको स्नेहभाव कायम राख्नुपर्नेछ । आम जनता र नवयुवामा विश्वास र आशाको किरण छर्नु पर्नेछ ।
देश र पार्टीका लागि असाधारण परिस्थितिमा हुन गइरहेको यो विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक पार्टीको रूपमा मात्र सीमित नभई लोकतन्त्रप्रति पूर्ण निष्ठावान, समाजप्रति प्रतिबद्ध जनताप्रति उत्तरदायी र स्थापनाकालीन जनमुखी आदर्शमा कृतसंकल्पित समुन्नत नेपालको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम र विश्वासयोग्य शक्तिका रूपमा पुनः स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ ।
त्यसैले पार्टीभित्र र बाहिरका आम कांग्रेसजनमा देखिएको उदासिनताको बादललाई हटाउदै नवीन ऊर्जा उत्साह, एकता र रूपान्तरणसहित समुसत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न बाब हामीले संकल्पः
१. जेन–वी विद्रोह र कांग्रेसको संकल्पः
बि.सं. २०८२ साल भदौ २३ र २४ गते नवयुवा पुस्ता (जेन जी को आह्वानमा भएको आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतना र जागरण स्थापित गरेको छ । भाद्र २३ र २४ गते घटेका अकल्पनीय र दुःखद घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै दमन र हिंसात्मक घटनाबाट सहादत प्राप्त गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ । उक्त आन्दोलनले उठाएका न्यायोचित मागहरू, सुशासन प्रवद्र्धन, सेवा प्रवाह र युवा पुस्ताको अर्थपूर्ण प्रतिनिधित्वको सवाललगायतलाई नेपाली कांग्रेस दृढताका साथ आत्मसात गरी देहायको संकल्प गर्दछ ।
क. भाद्र २३ को दमन र २४ को विध्वंशका क्रममा भएका घटना र गम्भीर मानव अधिकार उल्लङ्घन
तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी सत्य र न्याय निरूपण गर्नुपर्दछ, घटनामा संलग्न दोषीमाथि कानूनी कारवाही गर्नु पर्दछ भन्ने बारेमा नेपाली कांग्रेस प्रष्ट र कटिबद्ध रहनेछ ।
