सोमबार, ०५ असोज २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KGCRM37F07CJDD30F7K168E9.jfif

१ अर्बभन्दा बढी योजना सम्पन्नको दाबी गर्दै जसपा उम्मेदवार नगेन्द्र पारघरी लिम्बुको २६ बुँदे प्रतिबद्धता सार्वजनिक

धरान । जनता समाजवादी पार्टी (जसपा) सुनसरी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार नगेन्द्र पारघरी लिम्बुले आफ्नो २६ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

आइतवार धरानस्थित जसपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थितिमा लिम्बुले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

प्रतिबद्धतामा लिम्बुले प्रदेश नं. १ कै शिक्षा तथा सूचना केन्द्रका रूपमा धरानलाई विकास गर्ने, श्रम बैंक स्थापना गरी दक्ष श्रमशक्तिको लगत तयार गर्दै रोजगारी सिर्जना गर्ने, प्रस्तावित धरान–लेवती सुरुङ मार्ग सम्पन्न गरी धरानलाई व्यापारिक केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै गोर्खा भूतपूर्व सैनिकहरूको नागरिकता बिना सर्त कायम गर्न कानुनी व्यवस्था गर्ने, धरान–१६ स्थित रंगशालालाई राष्ट्रिय स्तरको रंगशालाका रूपमा विकास गर्ने योजना अघि सार्नुभयो ।

त्यसैगरी धरान–११ देखि धरान–२० भन्ज्याङसम्म तथा धरान–१७ बाट बराहक्षेत्र–३ नडाहासम्मको बजेट पार्टीकै पहलमा विनियोजन भएको उल्लेख गर्दै, अव धरान–१९ हरियालीदेखि रामधुनी–६ बकलौरी सम्मको सडक मार्ग स्तरोन्नति गरी सुरक्षित र सहज यातायात सुनिश्चित गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

उम्मेदवार लिम्बुले आर्थिक उन्नति, शिक्षा, स्वास्थ्य, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई समेटेर तयार गरिएको २६ बुँदे प्रतिबद्धता व्यवहारिक र कार्यान्वयनयोग्य रहेको दाबी गर्नुभयो।

अन्त्यमा बोल्दै लिम्बुले सुनसरी–१ अन्तर्गत धरान, बराहक्षेत्र र रामधुनी क्षेत्रमा निवर्तमान माननीय तथा पार्टीका श्रद्धेय अध्यक्ष अशोककुमार राईको विशेष पहलमा रु. १ अर्ब १९ करोड ६ लाख ३३ हजार बराबरका विकास योजनाहरू सम्पन्न हुने चरणमा रहेको जानकारी दिनुभयो। अन्तरिम सरकार गठनपछि करिब रु. १६ करोड बराबरको बजेट अस्थायी रूपमा रोकिएको उल्लेख गर्दै निर्वाचनपछि ती योजनालाई पुनः गति दिन र थप बजेट निकासा गराउन सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र नं. १ निर्वाचन परिचालन समितिका संयोजक भीम राईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी राज्य व्यवस्था पार्टीको मुख्य एजेन्डा रहेको बताउनुभयो। उहाँले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाउने तथा नेपाली विशेषताको समाजवाद स्थापना गर्ने पार्टीको लक्ष्य रहेको स्पष्ट पार्नुभयो।

राईले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख तथा विज्ञहरूको सहभागितामा मन्त्रीपरिषद् गठन भए मात्र दिगो राजनीतिक स्थिरता सम्भव हुने उल्लेख गर्दै सुनसरी–१ का मतदातालाई क्षेत्रगत विकाससँगै जनचाहना अनुसारको राज्य व्यवस्था प्राप्तिका लागि जसपा उम्मेदवार नगेन्द्र पारघरी लिम्बुलाई चुनाव चिन्ह ‘जाँतो’ मा मतदान गर्न अपिल गर्नुभयो ।

प्रकाशित मितिः आइतबार, १८ माघ २०८२
https://jawaaf.com/storage/01KGCBDE7NCRXK34YETPCSNVKJ.jpg

स्वास्थ्य सुधारदेखि सुशासनसम्म रास्वपाको स्पष्ट एजेन्डा हो : तोषिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ ललितपुरकी उम्मेदवार डा. तोषिमा कार्कीले आगामी निर्वाचनमा रास्वपाको सकरात्मक माहोल निर्माण भएको दाबी गरेकी छिन् ।

उनले आम नेपाली जनता फागुन २१ को निर्वाचनको प्रतीक्षामा रहेको भन्दै घण्टी चुनाव चिह्नमा अत्याधिक मत प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

कार्कीले समानुपातिकतर्फ पनि रास्वपाले उल्लेख्य मत ल्याउने दाबी गर्दै यसपटक पार्टीलाई एकल बहुमतको सरकार बनाएर काम गर्ने अवसर दिनुपर्ने बताइन् । ‘जनताले एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतको सरकार बनाएर काम गर्ने मौका दिनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु’ उनले भनिन् ।

आफू राजनीतिमा आउनुको मुख्य उद्देश्य स्वास्थ्य क्षेत्र सुधार रहेको उल्लेख गर्दै कार्कीले स्वास्थ्य बीमालाई सबै नेपाली नागरिकसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्।

हाल स्वास्थ्य बीमाको पहुँच ३७ प्रतिशतमा सीमित रहेको र करिब १२ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताउँदै उनले सबै नागरिक बीमामा आबद्ध भएमा वार्षिक १८ अर्ब रुपैयाँ आम्दानी हुन सक्ने र सेवा विस्तार सम्भव हुने दाबी गरिन् ।

उनले भनिन्, ‘मैले स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि काम गर्ने हो । त्यसमा स्वास्थ्य बीमामा नेपाली नागरिकहरू आबद्ध हुनुप¥यो । निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्ने संभावना छ । तर अहिले स्वास्थ्य बीमाको पहुँच नै ३७ प्रतिशत मात्रै छ । १२ अर्ब जति भुक्तानी दिन बाँकी छ । तर राम्रो तरिकाले शतप्रतिशत नेपाली जनताले स्वास्थ्य बीमामा आबद्ध हुने हो भने १८ अर्ब बार्षीक आउने रहेछ । भुक्तानी दिएर पनि बाँकी रकम बचाउन सकिन्छ । जसमार्फत स्वास्थ्य सेवा प्रभावकारी बनाउन सकिन्छ ।’

उनले आपतकालीन सेवा तथा ट्रमा म्यानेजमेन्ट प्रणालीलाई प्रभावकारी बनाउन एम्बुलेन्सको केन्द्रीय नियन्त्रण प्रणाली, स्वास्थ्य तथ्यांकको व्यवस्थित संकलन र इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

उनले भनिन्, ‘एउटा स्वास्थ्यको हकमा, अर्को इमर्जेन्सी, ट्रमा म्यानेजमेन्ट सिस्टमलाई प्रभावकारी बनाउन जरूरी छ । जस्तै एम्बुलेन्सहरूको कन्ट्रोल मेकानिजम ल्याउन सकिन्छ । डेटाहरू लिने साथै इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टममा सम्पूर्ण नेपालीलाई आबद्ध गराउन पनि सकिन्छ ।’

स्वास्थ्यसँगै महिला सशक्तिकरण, युवा रोजगारी र भ्रष्टाचार निवारणलाई पनि पार्टीको प्राथमिक एजेन्डा रहेको कार्कीको भनाइ छ । महिलालाई आत्मनिर्भर बनाउने र वडास्तरका बजेटको प्रभावकारी प्रयोग सुनिश्चित गर्न चेक एण्ड ब्यालेन्स प्रणाली आवश्यक रहेको उनले बताइन् ।

‘महिला सशक्तिकरण, आत्मनिर्भर र सशक्त बनाउनको लागि खेल्नुपर्ने भूमिका, वडामा आएको बजेटहरूको सदुपयोग गर्दै चेक एण्ड ब्यालेन्सको काम गर्न सकिन्छ,’उनले भनिन् ।

त्यस्तै, युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी ब्रेन ड्रेन रोक्ने योजनामा पार्टी केन्द्रित रहेको उनको भनाइ छ ।

जेनजी आन्दोलनपछि बन्ने सरकार स्थायी र बलियो हुनुपर्नेमा जोड दिँदै कार्कीले भ्रष्टाचारका सबै काण्डमा दोषीलाई कारबाही र सुशासन कायम गर्नु प्राथमिकता हुने बताइन् । यसका लागि आवश्यक कानुन र ऐन संशोधन तथा पारित गर्नुपर्ने उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘अब बन्ने सरकारको मुख्य, प्राथमिकता भनेको भ्रष्टाचार निवारण, अहिलेसम्मका भ्रष्टाचारका काण्डहरूमा भएका दोषीहरूलाई कारबाही र सुशासन, सम्बन्धित ऐन वा कानुनहरूको संशोधन गर्नुपर्नेछ ।’

उनका अनुसार रास्वपाले प्रत्यक्षतर्फ सबैभन्दा धेरै जेनजी उम्मेदवार उठाएको छ, जसमा आठ जना जेनजी र १६ जना महिला उम्मेदवार रहेका छन् । यद्यपि, महिला प्रत्यक्ष उम्मेदवारी अझै अपर्याप्त रहेको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने उनले बताइन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले सबैभन्दा बढी जेनजी उम्मेदवारहरू प्रत्यक्ष रूपमा उठाएको छ । आठ जना जेनजी हुनुहुन्छ, महिलाहरू पनि १६ जना हुनुहुन्छ । अन्य पार्टीहरूको तुलनामा हाम्रो धेरै हो तर पर्याप्त होइन,’ उनले भनिन् ।

कार्कीले अघिल्लो निर्वाचनमा संख्या नपुग्दा पार्टीका धेरै प्रस्तावित कानुन र संशोधन पारित हुन नसकेको उल्लेख गर्दै यसपटक एकल बहुमतको सरकार बनेमा पाँच वर्षभित्र ठोस काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन् ।

गठबन्धन सरकारको बाध्यताले एजेन्डामा सम्झौता गर्नुपर्ने अवस्था नआओस् भन्ने आफ्नो चाहना रहेको उनले स्पष्ट पारिन् ।

नयाँ मतदाता र विशेषगरी जेनजी पुस्ताको भूमिका निर्णायक हुने बताउँदै कार्कीले निष्पक्ष, स्वच्छ र व्यापक सहभागितासहितको निर्वाचनमा सक्रिय सहभागिता जनाउन सबै नागरिकलाई आग्रह गरिन् । ‘अब बन्ने सरकार जेनजीको म्यान्डेट बोकेको सरकार हुनेछ,’ उनले भनिन् ।

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/uCPda0ct20I?si=jUuWh4OMoKI5HVy5" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः आइतबार, १८ माघ २०८२
https://jawaaf.com/storage/01KGA07MXZGNQ22EMC5P8E29RY.jpg

आकासे खेती गर्ने पार्टीहरु जनतासम्म पुग्न सक्दैनन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएको दाबी गरेका छन् । शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले संगठन, उद्देश्य, विचार विना आफूसँग ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएको भन्दै कटाक्ष गरेका छन् ।

उनले भने, ‘मेरै ठाँउमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् सिंगौरी खेल्न । मैले धेरै केही भन्नु पर्दैन् । अण्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे, एउटा साच्चैको । बतासे अण्डाबाट चल्ला निक्लिदैँन् । बतासे अण्डाहरुबाट कुनै चल्ला निस्किनेवाला छैन् । बतासको खेती गरिरहेका छन् । यीनिहरुसँग संगठन, उद्देश्य, विचार छैन् । भोलि उठि कहाँ जाने केही थाहा छैन् । फर्कि आउने होकी होईन त्यो पनि थाहा छैन् ।’
यस्तै, उनले आगो बाल्ने, देश बिगार्ने, भड्काउन र तोडफोड गर्नेलाई क्रान्ति भनेर महिमा गाएको भन्दै आकासे खेती गर्नेहरु धर्तीमा जनतासम्म नपुगेको बताए ।

उनले भने, ‘आगो बाल्न जानेको छ, देश बिगार्न जानेको छ, भड्काउन जानेको छ, तोडफोड गर्न जानेको छ, लुटपाट गर्न जानेको छ । यस्ता कुराहरुलाई क्रान्ति भनेर महिमा गाइएको छ । र अरु माथि विभिन्न प्रकारको आरोप लगाएको छ । यि आकासे खेती हुन् । यीनिहरु जनतासम्म पुगेका छैनन् । कहाँबाट कसले खेलाएका हुन् थाहा छैन् । एउटा मोबाइल भन्ने भाडो छ, त्यही भाडाबाट देशमा हुडलो मचाएको छ ।’

प्रकाशित मितिः शनिबार, १७ माघ २०८२
https://jawaaf.com/storage/01KG94EBZQX1DN0MZD2HWQD5QM.jfif

जसपा उम्मेदवार गणेश राईद्वारा उदयपुर–१ मा घरदैलो अभियान तीव्र

उदयपुर । जनता समाजवादी पार्टी (जसपा) का उदयपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार गणेश राईले आफ्नो चुनावी अभियान तीव्र बनाएका छन् । उनी घर–घर पुगेर मतदाता भेट्दै क्षेत्रको विकास र नागरिक अधिकार संस्थागत गर्न आफूलाई मत दिन आग्रह गरिरहेका छन् ।

a46064e3-fb41-44ed-bf1e-4aa1caddc8b6.jfif 209.8 KB

घरदैलो अभियानका क्रममा स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै राईले क्षेत्रका जनचाहना अझ स्पष्ट रूपमा बुझ्न पाएको बताएका छन्  । भाषणभन्दा काम र परिणामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै उनले उदयपुरबासीको भरोसालाई व्यवहारबाट प्रमाणित गर्ने दृढ संकल्प व्यक्त गरे ।

bdb2bca5-c54e-4261-b94a-513c4d004c63.jfif 279.23 KB

अन्य प्रतिस्पर्धीलाई गाली गर्दै भाषण गर्नु भन्दा मतदाताको घर–घर पुगेर समस्या र आवश्यकता बुझ्नु नै सही राजनीति भएको राईको धारणा छ ।

चुनावी अभियानकै क्रममा उनले रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार, ग्रामीण सडक विस्तार, पर्यटन र कृषिको आधुनिकीकरण, खोलाको कटान नियन्त्रण, स्थानीय समस्याको समाधान, सुशासन तथा भ्रष्टाचार अन्त्यलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेका छन् ।

5988a0bc-f9de-49b0-86c6-97fef859ec19.jfif 154.79 KB

यसैबीच, गत भाद्र २३ र २४ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा जेन–जीद्वारा सञ्चालित आन्दोलनप्रति उच्च सम्मान व्यक्त गर्दै राईले जनता समाजवादी पार्टी स्थापना कालदेखि नै शासन व्यवस्था सुधार, पहिचानमा आधारित संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख तथा पूर्ण समानुपातिक समावेशी प्रणालीलाई मुख्य राजनीतिक मुद्दा बनाउँदै आएको उल्लेख गरे ।

सबै समुदायको बसोबास रहेको उदयपुर–१ मा घरदैलो अभियानका क्रममा मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको बताउँदै राईले यसपटकको निर्वाचनमा जाँतो चिन्हमा मतदान गरी आफ्नो तथा पार्टीको प्रतिबद्धतालाई अनुमोदन गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मितिः शनिबार, १७ माघ २०८२
https://jawaaf.com/storage/01KG7M9V9FX9MFE14WH3S6TAFR.jpg

निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् । मधेश प्रदेश कार्यसमिति र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको विशेष कार्यक्रममा उनले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति र पार्टीका अन्य नेताहरुसँग निरन्तर संवादमा रहेको भन्दै फागुन २१ गतेको निर्वाचन एकसाथ अगाडि बढ्ने तयारी गरिरहेको बताइ ।

उनले भने, ‘अहिले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति शेर बहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अन्य नेताहरुसँग पनि निरन्तर संवादमा छु । नेपाली काङ्ग्रेस पार्टी एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको छ । त्यसैले कही कतै कसैले पनि हिजोको कुरालाई लिएर मनमा केही नराख्नु होला ।’ फागुन २१ पछि पनि पार्टीका सबै जना सदस्यहरु एक ढिक्का भएर मिलेर अगाडि बढ्ने पनि उनको भनाई छ ।

पार्टीभित्र कुनै गुट नरहेको भन्दै हिजोका कुराहरु बारेमा अड्किएर बस्ने सुविधा कसैसँग पनि नरहेको पनि बताए ।

प्रकाशित मितिः शुक्रबार, १६ माघ २०८२
https://jawaaf.com/storage/01KG774C1907CWPEPFZ894WMV3.jpg

ग्रामिण क्षेत्रमा देखिएको रास्वपाको प्रभाव चुनाव जित्ने तहसम्मको होइन् : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाको ग्रामिण क्षेत्रमा देखिएको प्रभाव चुनाव जित्ने तहसम्मको नरहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले रास्वपाको जन्म भएको शहरी क्षेत्रमा नै रास्वपा प्रतिस्पर्धामा नरहेको भन्दै ग्रामिण क्षेत्रमा देखिएको प्रभाव चुनाव जित्ने तहसम्मको नरहेको बताए ।

उनले भने, ‘काठमाडौंमा रास्वपा प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण छ । जहाँबाट रास्वपाको जन्म भयो त्यहाँबाट नै प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण आएको छ । तर रास्वपाको प्रभाव पहिलेभन्दा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ । तर ग्रामिण क्षेत्रमा बढेका प्रभाव चुनाव जित्ने तहसम्मको प्रभाव होइन भन्ने आँकलन छ । हाम्रो प्रतिस्पर्धा कांग्रेससँगै हुन्छ ।’

त्यस्तै, उनले झापा क्षेत्र नम्बर ५ मा आफूहरु सुरक्षित रहेको बताउँदै सामाजिक सञ्जालमा लोकप्रिय बनाइएका बालेन शाह जाँदाको भिड कुनै निर्णायक नरहेको बताए ।
‘अहिले सोसल मिडियामा लोकप्रिय बनाइएका बालेन शाह देश दौडानमा हिड्दा र युवाहरुको भिड देख्दा लहरै त्यतै होकि भनेर चर्चा गरिरहेको देखेको छु । डेढ लाख मतदाता भएको ठाउँमा ४–५ हजार आएर जम्मा हुँदा भिड देखिन्छ । त्यो भिड नै निर्णायक हो भनेर विश्लेषण गर्ने हो भने चुनाव नै हुँदैन् । पहिलो पटक चर्चामा आउँदा हेर्न गएको कुरा दोस्रो पटक त्यही हुन्छ कि हुँदैन् ? बालेन दोस्रो पटक जाँदा त्यही भिड हुन्छ कि हुँदैन त ?’ उनले भने,

उनले अहिले विदेशीको कठपुतली सरकार निर्माण भएको भन्दै भविष्यमा पनि त्यसलाई निरन्तरता दिनको लागि जेलेन्स्की जन्माउने योजनाको साथ अभियान सुरु भएको आरोप लगाए ।

प्रकाशित मितिः शुक्रबार, १६ माघ २०८२
https://jawaaf.com/storage/01KG75SPEMT5AGV6ZRQ421P0V2.jpg

बालेनप्रति महेश बस्नेतको टिप्प्णीः विदेशीले स्वार्थ पूरा भएपछि नेता होइन्,जोक्कर भनेर बोलाउने छन्

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कडा आलोचना गरेका छन् । शुक्रबार राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले जोकर भनेर सम्बोधन गर्न लागेको बताउँदै शाहलाई पनि विदेशीको स्वार्थ पूरा भएपछि नेता नभएर जोक्कर भनेर बोलाउने बताए ।

उनले भने, ‘आज जेलेन्स्कीको अस्तित्व सक्किएको छ । युक्रेनको अस्तित्व सक्किएको छ । युक्रेन गरिबीको चपेटामा छ । आज नेपालमा सिंगापटार गरिरहेका जेलेन्स्कीहरु सिंगल होइन् ,डबल अवतारमा लम्कीतिर घुमिरहेका छन् । जब विदेशीको स्वार्थ पूरा हुन्छ । बिदेशीले भन्नेछन्, तिमी नेता होइनौं तिमी जोकर हौँ,जोकर भन्ने छन् ।’

त्यस्तै उनले राष्ट्र बेच्न पनि तयार पारिएका जोकरहरूको बारेमा युवा पुस्ताले बुझ्न आवश्यक रहेको बताए ।
रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता नलिने फैसलाप्रति धन्यवाद व्यक्त गर्दै अदालत जलेपछि न्याय जलेको छैन भन्ने प्रमाणित गरेको धारणा राखे ।

प्रकाशित मितिः शुक्रबार, १६ माघ २०८२
https://jawaaf.com/storage/01KG52SPDAE5EWF7W6WSF6WVXE.jpg

नयाँ दलहरुमा केही खास समूदायको मात्र वर्चश्व छ : विश्लेषक शाह

काठमाडौं । राजनीतिक विश्लेषक तुला नारायण शाहले नेपालमा पहिला संघर्ष गरेका,राजनीति बढि जानेका र दल निर्माणमा बढि सक्रिय भएका समूदाय आज दलहरुको वर्चश्वमा परेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित समावेशी प्रतिनिधित्व तथा सिमान्तकृत समुदायमुखी घोषणापत्र सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उदाउँदै गरेका नयाँ दलहरुमा पनि केही खास समुदायको वर्चश्व स्थापित भएको बताए ।

यस्तै उनले सबै दलमा दलित समुदाय, मधेशी, थारु समुदाय, मुस्लिम र समग्रमा महिला समुदायको उपस्थिति दयाको पात्रको रुपमा देखिएको धारणा राखे ।

उनले भने,‘अथक प्रयासका बाबजुत पनि तथ्यांकले के देखाएको छ भने केही जातिय समुदायहरु निर्णय गर्ने ठाउँमा सहभागिता कम छ । नेपालमा केही समुदाय जो पहिला संघर्ष गरे,राजनीति बढि जाने,दल निर्माणमा बढि सक्रिय भए आज पनि तिनको वर्चश्व दलहरुमा रहेको छ । उदाउँदै गरेको दलहरुमा पनि केही खास समुदायको वर्चश्व स्थापित भएको छ । सबै दलमा दलित समुदाय ,मधेशी ,थारु, मुस्लिम र समग्रमा महिला समुदायको उपस्थिति दयाको पात्रको रुपमा देखिएको छ ।

त्यस्तै उनले नेपालको निर्वाचनमा जित्नेहरुको जातको आधारमा विश्लेषण गर्दा नेपालमा दलित समुदायले चुनाव नै नजित्ने अवस्था रहेको धारणा राखे । थारु, मुस्लिम, जनजाति, मधेशी र आदिवासीहरुले आफ्नो जनसांख्यिक बाहुल्यता भएको ठाउँमा मात्र निर्वाचन जित्ने अवस्था रहेको उनको भनाई छ ।

‘नेपालको निर्वाचनमा जित्नेहरुको जातको आधारमा विश्लेषण गर्दा परिणामको विश्लेषण हेर्दा नेपालमा दलित समूदायले चुनाव नै जित्ने अवस्था देखिदैन । महिलाहरु पनि कम जित्नेमा पर्ने रहेछ । थारु, मुस्लिम, जनजाति मधेशी र आदिवासी त्यहाँबाट मात्र चुनाव जित्छ जहाँ उनीहरुको जनसाख्यिक बाहुत्यता छ । खस आर्य समुदायका पुरुषहरु सातै प्रदेश ७७ जिल्लाबाट जितेको इतिहास छ ।’ उनले नेपालका सबै पार्टीहरुभित्रको आन्तरिक लोकतन्त्र र समावेशीताको अवस्था कमजोर भएको तर्क गरे ।

प्रकाशित मितिः बिहिबार, १५ माघ २०८२
https://jawaaf.com/storage/01KG52CF06FWP3CXDYW1B4EAR1.jpg

प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बैठकका निर्णयहरू सार्वजनिक गर्दै विभिन्न महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए ।

प्रवक्ता अर्यालका अनुसार नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा आगामी ०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरिएको छ ।

त्यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । बैठकले ०८२ साल फागुन १ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल तथा रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।

यस्ता छन् निर्णयहरु :
१. नेपाल र जापानबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको उपलक्ष्यममा २०८२ साल माघ १८ देखी २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सम्मानिय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृत दिने निर्णय गरियो ।

२. नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पूर्नसंरचना सम्बन्धी सुझाव समिति २०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरियो ।

३. मिति २०८२ फागुन १ देखी लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरियो ।

प्रकाशित मितिः बिहिबार, १५ माघ २०८२
https://jawaaf.com/storage/01KG50J2NVVKT1MEFCNMDM5VF5.jpg

फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौं : यौनिक अल्पसङ्ख्यक

काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई जनगणनाका रूपमा लिएको बताएका छन्। उनीहरूले यस निर्वाचनलाई आफ्नो वास्तविक सङ्ख्यात्मक उपस्थिति देखाउने अवसरका रूपमा लिएका छन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभियन्ता तथा संविधानसभा सदस्य सुनिल बाबु पन्तले शक्ति देखाउने बेला आएको बताए। २०६४ सालको ऐतिहासिक संविधानसभामा निर्वाचित भएर संसद् पुगेका पन्तपछि, दोस्रो पटक संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक प्रतिनिधि पु¥याउने अभियानमा उनी स्वयं अग्रसर देखिएका छन्।

तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) नेतृत्वको समावेशी समाजवादी पार्टीको यो चुनावी अभियानमा पन्तको प्रत्यक्ष साथ, नैतिक समर्थन र सक्रिय सहयोग रहेको उनले स्पष्ट पारे।

पन्तले आग्रह र पूर्वाग्रह सबै एक ठाउँमा राखेर समावेशी समाजवादी पार्टीलाई गोप्य मतदान गर्न अपिल गरे। अहिलेसम्म जनगणना नभएको उल्लेख गर्दै उनले भने, ‘जनगणना पनि हुन्छ। हामी कति छौँ त सङ्ख्यामा भन्ने एक खालको हिसाब पनि आउँछ। शक्ति देखाउने बेला यही हो।’

उनले लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई गोप्य मतदानमार्फत भोट दिन अनुरोध गरे। समुदायसँग जोडिएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सदस्यहरू अधिकांश अझै खुल्न नसकेको उनले बताए। यसपालि आफ्नो राजनीतिक विचार र आग्रह–पूर्वाग्रह सबै एक ठाउँमा राखेर समावेशी समाजवादी पार्टीलाई भोट हाल्न उनले अपिल गरे।

पन्तले फागुन २१ को चुनावलाई गोप्य मतदानमार्फत उपस्थिति देखाउने अवसरका रूपमा लिन आग्रह गरे। कति भोट झ¥यो भन्नेमा सबैको आँखा लाग्ने उनको भनाइ छ। ‘हाम्रो उपस्थिति जनमानसमा देखाउने राम्रो साधन हो,’ उनले भने।

सबैले गोप्य मतदानमार्फत ‘हामी पनि नागरिक हौँ’ भन्ने देखाउन आवश्यक रहेको उनले बताए। पन्तले लोकतन्त्रको सौन्दर्यतामा विविधता आवश्यक रहेको बताए।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्रतिनिधित्व नभए संसदमा आवाज नहुने उनले उल्लेख गरे। ठूला र साना सबै दलले प्रत्यक्ष उम्मेदवार ६ जनाका लागि मतदातालाई अपिल गरिदिन उनले अनुरोध गरे। आधिकारिक रूपमा उम्मेदवारी फिर्ता लिने समय सकिएको भए पनि इन्डोर्स गरेर मतदातालाई अपिल गर्न सकिने उनले बताए।

पार्टीकी अध्यक्ष तथा तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु चञ्चलाले नयाँ र पुराना राजनीतिक दलका शीर्ष नेतासँग समर्थनका लागि अपिल गरिन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय दशकौँदेखि राज्य र राजनीतिबाट उपेक्षित हुँदै आएको पृष्ठभूमिमा उनले यो अपिल गरेकी हुन्।

उनले नयाँ, पुराना, ठूला र साना सबै दलका शीर्ष नेतृत्वलाई समर्थन गरिदिन आग्रह गरिन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखिएको उनले जानकारी दिइन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, र भावी प्रधानमन्त्रीका रूपमा चर्चा हुने बालेन शाहदेखि गगन थापासम्मलाई अपिल गरिएको उनले बताइन्।

नेपाली कांग्रेसका सभापति गगन थापालाई आफूले पहिलादेखि नै प्रधानमन्त्रीका रूपमा चाहेको बताउँदै, सभापति भएपछि थप जिम्मेवारी लिनुपर्ने धारणा चञ्चलाले राखिन्। ‘सबै समुदाय खुसी हुनुपर्छ,’ उनले भनिन्।

पुस्ता हस्तान्तरणको बहस भइरहेका बेला अरूलाई मौका दिने कि नदिने भन्ने प्रश्न उठेको उनको भनाइ छ। ‘हामीलाई तपाईँहरूजस्ता ठूला पार्टीहरूले उम्मेदवार फिर्ता गर्ने कि, मलाई सघाएर विजयी बनाउने विकल्प आजको राजनीतिमा छ,’ उनले भनिन्।

संसदमा सधैँ महिला र पुरुषको मात्र कुरा उठिरहेको अवस्थामा पछाडि पारिएका र सीमान्तकृत समुदायका प्रतिनिधि खुलेर बोल्न सक्षम हुने उनले बताइन्।
लाखौँ समुदायका प्रतिनिधित्व गर्दै छातीमा हात राखेर बोल्न सक्ने आत्मविश्वास आफूले पाएको उनको भनाइ छ। स्वतन्त्र रूपमा बोल्ने आत्मविश्वास ठूला राजनीतिक नेताहरूबाटै सिकेको उनले बताइन्।

उनका अनुसार संसदमा यसअघि कुरा नउठेको होइन। तर सुनिल बाबु पन्तबाहेक अन्य लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक प्रतिनिधि संसद् पुग्न नसकेको यथार्थ छ। ‘माननीयज्यूहरूलाई हामीले आफ्नो कुरा राखिदिन सधैँ आग्रह गर्दै आएका थियौँ,’उनले भनिन्।

अब आफैँ संसद् पुग्न सके अरूलाई गुहार्न नपर्ने उनको भनाइ छ। महिला, पुरुष, युवा, अल्पसङ्ख्यक र पछाडि पारिएका वर्गका समस्याहरू सदनमै उठाउने अठोट उनले व्यक्त गरिन्।

महिला, पुरुष र युवाका पीडा आफूलाई थाहा रहेको उनले बताइन्। विमानस्थलमा युवाहरू विदेश गइरहेको दृश्य देख्दा मन रुने गरेको उनले उल्लेख गरिन्।

नेपालमै युवाका लागि काम गर्न सकिने अवस्था सिर्जना गर्नु आजको आवश्यकता रहेको उनले बताइन्। यो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधि संसदमा पुगेर स्थायी इतिहास कोर्ने उनको विश्वास छ। चञ्चला मोरङ निर्वाचन क्षेत्र नम्बर ४ की प्रत्यक्ष उम्मेदवार हुन्।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ का प्रत्यक्ष उम्मेदवार देवेन्द्रबहादुर खत्री ‘मधु’ले शासक वर्गले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा पिछडिएको वर्गको वर्तमान र भविष्यसँग खेलबाड गरिरहेको बताए। “हामी राज्यबाट दोहोरो विभेद खेपेर आएका सीमान्तकृत वर्ग हौँ,” उनले भने।

सत्तामा बस्नेहरूले जहिले पनि भोट र करका लागि मात्र प्रयोग गरेको आरोप उनले लगाए। यदि अहिले आफ्ना मुद्दा आफैँले ज्वलन्त आवाजका साथ नउठाए भविष्य झन् जोखिममा पर्ने चेतावनी उनले दिए। राजनीतिमा होमिएर देशलाई निकास र विकास दिने ध्येय, लक्ष्य र उद्देश्य रहेको उनको भनाइ छ।

समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ नुमा लिम्बु (चञ्चला) र देवेन्द्रबहादुर खत्री ‘मधु’सँगै विभिन्न जिल्लाबाट उम्मेदवार उठाएको छ। पार्टीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाएको छ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० बाट लोकदोहोरी गायक पूर्णचन्द्र पौडेललाई उम्मेदवार उठाइएको छ। ओखलढुङ्गाबाट ३४०६ उम्मेदवारमध्ये ‘अन्य’ पहिचानमा उम्मेदवारी दर्ता गर्ने पिंकी राई र काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट विनोद लामा ९कोनिका० उम्मेदवार छन्।

समावेशी समाजवादी पार्टीले समानुपातिकतर्फ १५ जनाको नाम समेटिएको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको जनाएको छ।

प्रकाशित मितिः बिहिबार, १५ माघ २०८२