बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JHN1PNG9YJ2H98YZ7RBW02JD.png

रास्वपाले भन्यो- ‘पार्टी सदस्यले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको भेटिए कारबाही हुन्छ ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेमा पार्टी सदस्य संलग्न भएको पाइए कारबाही गर्ने जनाएको छ ।

बुधवार रास्वपाले  विज्ञप्ति  जारी गर्दै पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने जनाएको  छ ।

‘यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ, पक्कै पनि यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य छैन, रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ । ’

बुधवार काठमाडौँ जिल्ला अदालत परिसरभित्र रास्वपा सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकेर बाहिरिने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि एक समूहले हातपात गरेको थियो ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बुधबार, ०२ माघ २०८१
https://jawaaf.com/storage/01JHMXK2EVKDYZW0GTS7RAQH1V.jpg

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा भव्य कार्यक्रम गर्ने

काठमाडौँ । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।

उनले भने, ‘निर्णय तीन वटा छन् । आजको बैठकमा समाजवादी मोर्चाले गम्भीर समीक्षा गरेको छ । आगामी माघ १६ गते काठमाडौँमा समाजवादी मोर्चाको तर्फबाट भव्य कार्यक्रम गरौँ भन्ने हामीले निर्णय गरेका छौँ ।  अब त्यो  कार्यक्रम सम्पन्न भयो  भने जति प्रश्न छन्  त्यसको यो कार्यक्रमले उत्तर दिने छ । र सकारात्मक सन्देश समेत दिने छ ।’

त्यस्तै, आजको बैठकमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको समीक्षा भएको उनले बताए । बैठकले आगामी दिनमा मोर्चालाई सक्रिय बनाउने समेत निर्णय गरेको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बुधबार, ०२ माघ २०८१
https://jawaaf.com/storage/01JHJCY0DX39187XP1ABGY1ZQX.jpg

माघे संक्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड हो : सह–अध्यक्ष थापा

काठमाडौँ । नेपाल मगर संघ केन्द्रीय समितिको सह–अध्यक्ष गंगाबहादुर थापा मगरले माघे संक्रान्ति मगर समुदायको लागि नयाँ वर्ष नै भएको बताएका छन् ।उनले माघे संक्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड भएको बताए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

उनले भने, ‘मकर संक्रान्तिलाई हामी मगर संक्रान्ति भन्छौँ । खास गरी यो माघे संक्रान्तिको रूपमा हामी प्रत्येक वर्ष पुसको २९ गते र माघ १ गते मनाउने गर्छौँ । २०६५ साल देखी मगरहरूले मनाउँदै आएका छौं । यो हाम्रो नयाँ वर्ष पनि हो । वैज्ञानिक हिसाबले  हेर्ने हो भनेदेखी आज हामीले गत साउनमा कर्कट संक्रान्तिमा खोलिएका बाजाहरू अब यो  माघे संक्रान्ति आजबाट हामीले बजाउने बाजाहरू बन्द गरेर खेतीपातीतर्फ लाग्छौँ । यो मगरहरूको मनोरञ्जनको अन्तिम चाड हो।’

साथै उनले माघे संक्रान्तिले माइती चेलिहरूको सम्बन्धमा सुमधुर सम्बन्ध बढाउने समेत बताए ।  उनले माघे संक्रान्तिलाई मगर समुदायले देशमा मात्र नभैइ विदेशमा समेत मनाउँन आग्रह गरे ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः मङ्गलबार, ०१ माघ २०८१
https://jawaaf.com/storage/01JHHVYMN1VJMBHM40GDNRNC30.jpg

स्वस्थानीका बारेमा बुझेर मात्र व्रत बस्दा राम्रो हुन्छ : पण्डित लेखनाथ न्यौपाने

काठमाडौँ । नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेले एक महिनासम्म लाग्ने स्वस्थानी व्रतका बारेमा सबै सनातन हिन्दुहरूले अझै राम्रोसँग बुझ्न नसकेको बताएका छन् । उपाध्यक्ष न्यौपानेले सबैभन्दा पहिला स्वस्थानी भनेको के हो भनेर बुझ्न जरुरी रहेको बताएका हुन् ।

उनले भने, ‘सबैभन्दा पहिला त स्वस्थानी के हो त्यो बुझ्न एकदमै जरुरी छ । आजको समयमा सबै व्रत लिने सबै नेपालीले स्वस्थानी के हो भनेर बुझेको अवस्था छैन । हामी सबैले बुझाउन आवश्यक छ । स्वस्थानीको ‘स्व’भनेको ‘म, मेरो’ र थानी भने ‘आफ्नो’,‘मेरो’आफ्नै देवता भन्ने बुझिन्छ । नेपालीहरूको इष्टदेवता भनेको स्वस्थानी हो ।’

यसैगरी स्वस्थानी व्रत नेपालमा मात्रै हुने गरेको उनी बताउँछन् । ‘स्वस्थानी व्रत आफ्नो स्थानीय देवता भएकाले नेपालीको लागि धेरै नै महत्वपूर्ण व्रत भएको बताए । यो व्रत पौष शुक्लपक्ष पूर्णिमाको दिनबाट यसको तीथि निर्धारण हुन्छ । पूर्णिमाको दिन शुद्ध बसेर, नङ काटेर, नुहाइधुवाइ गरेर माघ कृष्णपक्षको प्रतिपदाबाट व्रत शुभारम्भ गर्ने गरिन्छ । र माघ शुक्ल पक्षको पूर्णिमाको दिन स्वस्थानी व्रत समापन हुन्छ,’ उनले भने । 

यसैगरी उनले स्वस्थानी व्रतमा पूजा गर्ने बिधी सबैभन्दा सहज रहेको बताए । उनले स्वस्थानी व्रत एक जनाले बालुवाको शिव लिङ्ग बनाएर जल चढाएर पूजा गरेको इतिहासमा रहेको बताए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

उनले भने, ‘हामी पूजा गर्ने भन्छौँ तर तडकभडकका साथ गरिरहेको हुन्छौँ । सबै देखावटी गर्नु हुँदैन । पूजा भनेको मन र परमात्माको संयोग गराउने एउटा माध्यम हो । तपस्या गरेर व्रत गर्यो भने भगवानले दृष्टि राख्नुहुन्छ । पूजा भनेको भगवान र भक्तको सामीप्ययता बढाउने, एकआपसमा ध्यान केन्द्रित गराउने माध्यम मात्र पूजा हो । पूजामा धेरै खर्च गरेर खर्चिलो र देखावटी नबनाऔँ ।’

साथै स्वस्थानी पूजा सबैभन्दा सरल रहेको स्पष्ट पारे । स्वस्थानी व्रतमा शिव लिङ्गमा जल चढाएर, खेतबारीमा फलेको फलफूल र चन्दन अर्थात् जे छ हामीसँग त्यसलाई नै प्रयोग गरेर व्रतमा पूजा गर्न सकिने बताए । 

उनले भने, ‘मन कत्तिको शुद्धता छ भन्ने कुरा सबैभन्दा ठूलो हो । स्नान गरेर आफू चोखो भएँ भन्ने हुँदैन् । तर मन चोखो र शुद्ध आसनमा बसेर व्रत शुभारम्भ गर्न सकिन्छ ।’

‘व्रत ३० दिनको हो । कहिलेकाहीँ घटबढ भयो भने २९ र ३१ दिनसम्म पनि जान सक्छ । यो व्रत महिला–पुरुषले नै बस्न मिल्छ,’ उनले भने । 

‘महिला र पुरुषको व्रतमा पूजा गर्ने विधि पनि एउटै हुन्छ । इतिहासको कालखण्डमा एकजना महिलालाई पात्र बनाएर कथा भनिएको छ । जसमा चन्द्रवतिको नाम कथामा समेटिएको छ । पूजा सबैले गर्दा हुन्छ । इष्ट देवता हामी सबैको हो । यसैगरी स्वस्थानी व्रतको सुरुवात र अन्तिममा चाहिने सामग्री सबै एउटै हुन्छ । पञ्चामृत, अमृत, फलफूल आदि इत्यादि । अन्तिम दिन १०८ सेल, १०८ सुपारी, १०८ पान, १०८ अक्षता फूल स्वस्थानी व्रतको विधिमा चाहिन्छ,’ उनले भने । 

baba_education.gif 870.63 KB

‘सेल पनि साना–साना बनाएर, गरिब दुःखीले धेरै गर्न नसक्ला नि त । ठूलो देखाउने हिसाबमा होइन । सानो सानो भएपनि विधि गरेको राम्रो नै हुन्छ,’ उनले अगाडि भने,‘नुहाएर मात्र शुद्धता हुने होइन, मनको शुद्धता हुनुपर्छ । मनको मैलालाई पखाल्न सक्नुपर्यो । व्रत बस्ने व्यक्तिले रिस गर्नु हुदैँन्, रिसाउनु हुदैँन् । क्रोध आयो भने त्यो व्रत नै समापन हुन्छ । सबैसँग सद्‍भाव राख्नुपर्छ । शत्रुलाई पनि मित्र हो भन्ने भावना राख्नुपर्छ र प्रसन्न आत्मा, प्रसन्न मन लिएर व्रत बस्नुपर्छ ।’

नेपालमा स्वस्थानी व्रत महत्व धेरै रहेको उनले बताए । ‘नेपालमा यसको महत्व अझ बढी छ । पहिलो देखिनै स्वस्थानीको भूमि नेपाल भएकाले यहाँ बम्ह, शिव, त्यसपछि चार वेद, १८ पुराणको उत्पत्ति भयो । अनि मानव सभ्यताको उत्पत्ति भयो । ज्ञानको उत्पत्ति यहीबाट भयो । वेद पुराण नै यहीबाट उत्पत्ति भएको हो । 

त्यसकारण हिमालयकी पुत्री सति र पार्वतीले भगवान शिवलाई पति पाउँ भनेर प्रार्थना गरेको पाइन्छ । कथा एकदमै पुरानो भएकाले त्यसबेलादेखि इष्ट देवता मानेर नेपालीले स्वस्थानी व्रतको आरम्भ गरेको देखिन्छ । किनभने व्रत कथामा इतिहास र सृष्टिका कुरा पनि आएका छन् । सृष्टि गर्ने क्रममा हिमालयबाट सुरु भएको र विश्व ब्रम्हण्डमा फैलाएको भनेर जानकारी गराउनका लागि सृष्टिको कालखण्डको पनि कुरा गरिएको उनले जानकारी दिए । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

व्रतमा शालीनदीको कथा आउँछ । नेपाल वरिपरिको कथा आउँछ । स्वस्थानी व्रत कथामा नेपालबाहेक अरू कतैको कथा छैन् । त्यसकारण यसलाई पौराणिक र ऐतिहासिक भन्न कुनै लाज मान्नुपर्ने अवस्था नभएको न्यौपानेको भनाइ छ । 

‘यो व्रतमा भोको बस्नु पर्दैन् । संसारमा कतै पनि भोकै बस भनेको छैन् । नखाने कुरा कहिले पनि खानु हुँदैन । शरीरलाई असर गर्ने कुरा खानु हुँदैन् । स्वास्थ्यलाई नकारात्मक प्रभाव पार्ने कुरा कहिल्यैपनि खानु हुँदैन । फलफूल, दूधहरू कहिले पनि खान छोड्नु हुँदैन्,’ उनको भनाइ छ । 

व्रत बस्नेले भोजन एकपटक मात्र गरेको राम्रो हुन्छ । किनकी ध्यान नछुटोस् भनेर हो धेरै खाएपछि शौचालय पनि धेरै जानुपर्ने भएकाले ध्यान भंग हुने भएकाले यस्तो भनिएको उनको बुझाइ छ । 

हिन्दु धर्ममा भएका धार्मिक कुराहरूले फाइदा गर्ने गरेको उनको बुझाइ छ । ‘जति पनि हाम्रा धार्मिक कुराहरू छन् । त्यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्राप्त भएको हुन्छ । त्यो अनुभव गर्ने कुरा हो । एक महिनाभर नराम्रो विचार आएन्, नराम्रो खाएको छैन् भने म आफैं सकारात्मकतातर्फ जान्छ । व्रत बस्ने व्यक्तिले झुठ बोल्दैँन्, चोरी गर्दैन्, समाजमा गर्न हुने राम्रा कुराहरू मात्र उसले सोच राख्छ भने समाज सुधार हुन्छ । व्रतले शारीरिक र मानसिक रूपमा स्वास्थ्य राख्न मद्दत गर्छ,’ न्यौपानेले भने । 

‘स्वस्थानी व्रत बसेका बेला परिवार र समाज बिगार्ने सोचियो भने असर गर्छ । विशेषगरी ब्रह्मचर्यमा रहनुपर्छ । ब्रह्मचर्य भनेको शारीरिक सम्पर्क गर्न हुँदैन् । अरूलाई अर्थात् व्रत नलिने मान्छेलाई स्पर्श पनि गर्न हुँदैन् । भुईँमा सुत्नुपर्छ । खाटमा सुत्न हुँदैन् । आसनीमा सुत्नुपर्छ । पातमा भोजन गर्नुपर्ने हुन्छ । खानेकुरोमा एकदमै शुद्धता चाहिन्छ । त्यो भन्दा बढी मनको शुद्धता झनै चाहिन्छ । चारतिर दिमाग लगायो भने व्रत असफल हुन्छ,’ उनको सुझाव छ । 

स्वस्थानीको पुस्तकको सन्देश आफ्नो स्थानीय देवतालाई खुसी पार्ने नै भएको उनले बताए । अहिलेको पुस्ताहरू कतिपय सनातनी नियममा नबस्ने, आफ्नो धर्म छाडेर आफ्नो आमा बाउलाई ढोग्न छाडेर अन्त्य ढोग्न पुग्नु नराम्रो भएको उनले बताए । 

‘आफ्नो इष्ट देवता भनेकै स्वस्थानी र परमेश्वर हुन् । त्यहाँभन्दा माथि अरू कोही पनि छैन् । त्यो भन्दा माथि संसारमा अरू कुनै ईश्वर छैन् । स्वस्थानी परमेश्वरी व्रत कथा र आफूले लिन सकिएन भने पनि स्वस्थानी व्रत लिएको मान्छेको दर्शन गरेपनि पुण्य प्राप्त हुन्छ प्रचलन छ । मेला रमिताको हिसाबले गएर हुने केही होइन् । तर वास्तविक श्रद्धाभावले एक दिनमा व्रत बसेपनि पुण्य प्राप्त हुन्छ,’ उनले भने । स्वस्थानीको व्रत बस्न सबैले मिल्ने उनले बताए । भगवान भनेको हिन्दुको मात्र होइन् । हिन्दु शब्द पहिचान मात्र भएको उनको भनाइछ । 

AS.gif 486.54 KB

प्रकाशित मितिः मङ्गलबार, ०१ माघ २०८१
https://jawaaf.com/storage/01JHFWVVEX7RBKXMB594NAECY7.jpg

एमालेको कारवाहीप्रति आक्रोश : ‘फरक मत राख्नेमाथि कारवाही गरिनु गलत’

काठमाडौं । राजनीतिक दलहरुले भिन्न मत राख्नेहरुलाई कारवाहीको डन्डा चलाएर लोकतन्त्रमाथि धावा बोलेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।
मायाको पहिचान नेपालले सोमबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै वक्ताहरुले दलहरुमा लोकतान्त्रिकीकरण आवश्यक भएको औंल्याए । 
बृहत नागरिक आन्दोलनका अगुवा संजिव उप्रेतीले दलहरुभित्र लोकतन्त्रको अभ्यास कमजोर रहेकाले नागरिक तहबाट खबरदारी आवश्यक भएको बताए । ‘दलको नेतृत्वप्रति प्रश्न उठाउँदा कारवाही गर्ने, पार्टीभित्रको गलत निर्णय हुँदा औंला उठाउने जोकोही कारवाहीमा पर्नु लोकतान्त्रिक होइन् । यसका लागि नागरिक तहबाट खबरदारी जरुरी छ,’ उनले भने ।
नेकपा एमालेको स्थायी कमिटी सदस्यबाट निलम्बनमा परेकी बिन्दा पाण्डेले आफूले उठाएको मुद्दा ठिक हो भन्नेहरुको संख्या ठूलो रहेको बताउँदै समाजवाद उन्मुख पार्टीको निर्णय गलत भएको बताइन् ।

AS.gif 486.54 KB

‘मौलिक हक र अभिव्यक्ति स्वतन्त्रताको हक संविधानले व्यवस्था गरेको छ । संविधानभन्दा माथि कुनैपनि राजनीतिक दल हुन सक्दैन् । पार्टीहरुले मत र मन जितेर अघि बढ्नुपर्छ । एमालेले हामीहरुमाथि गरेको निर्णय गलत छ,’ उनले भनिन्,‘सबैकुरा तथ्यले प्रमाणित गर्दै जान्छ । म ६ महिना होइन एक बर्ष कारवाही भोग्न तयार छु । तर सत्य बोल्न छाड्दिन ।’
आफू जन्मिदै एमाले भएको बताउँदै पाण्डेले आजीवन एमाले भएर बस्ने प्रतिवद्धता पनि जनाइन् । ‘म एमालेको सिद्धान्त पढेर हुर्किएकी हुँ । सत्य बोल्दा अनुशासनको कारवाही मेरा लागि केही होइन् । एमालेबाट अलग हुने परिकल्पना गर्न सकिदैन् । पाँच दशक एमालेमा सक्रिय भएका भीम रावललाई निस्कासित गर्नु ठूलो गल्ती हो, उनले भनिन् । उनले संविधान संशोधन संख्याका आधारमा हुने भन्दै संख्या नपुगे संविधान संशोधन नहुने बताइन् । उनले संविधान संशोधनका लागि जनमत आवश्यक पर्ने पनि बताइन् । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB



त्यस्तै एमालेकै केन्द्रीय कमिटी सदस्यबाट निलम्बनमा परेकी उषाकिरण तिमल्सिनाले पार्टीले कारवाही गर्दा आफूहरु सेलिब्रेटीजस्तो भएपनि पार्टीभित्र निराशा छाएको बताइन् । ‘हामी एमालेमै राजनीति गर्ने हो । तर कानुन र समाजलाई असर पर्नेगरीका निर्णय मान्न तयार हुन सकिदैन्,’ उनले भनिन् । कार्यक्रममा माओवादी केन्द्रका रामकाजी महर्जन, सीता गौडेललगायतले सार्वजनिक मुद्दामा बोल्दा कारवाही गरिनु गलत भएको बताए ।
कार्यक्रममा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले लोकतान्त्रिक दलहरुमा भिन्न मत राख्नेहरुलाई स्पेस नदिनु दुःखद भएको बताए । उनले भने,‘फरक मत राख्नेहरुलाई कारवाहीको डन्डा चलाइनु लोकतान्त्रिक विधि होइन् । दलहरुभित्र लोकतान्त्रिकीकरण आवश्यक छ ।

Furniture House.gif 947.74 KB


प्रकाशित मितिः सोमबार, २९ पुस २०८१
https://jawaaf.com/storage/01JHFNCF6AM5AVVPD4KP9S649A.jpg

कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट पारेका छन् ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुुठ र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गर्दै कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट पारेका हुन् ।

उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको र विरोध आएपछि फिर्ता लिएको तर तिनै विरोध गर्नेहरूले ‘लाज शरम’ पचाएर २० प्रतिशत सांसदले पनि विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गराउँदै आफू त्यस्तो कुकर्म गर्ने मनसाय नरहेको स्पष्ट गरे ।

Pathivara.gif 82.25 KB

प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको जनाउँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यसको विरोध भयो भन्ने झुुठो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिए ।

यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले पनि भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

जारी हुन नै बाँकी रहेको अध्यादेशलाई राति राति जारी गर्यो भनेर सम्प्रेषण गरिएको सुनाउँदै उनले देश र जनताका पक्षमा आफूहरूले दिन र रात नभनी काम गरेको बताए । ‘हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो ।’, प्रधानमन्त्री ओलीले प्रश्नात्मक शैलीमा भने, ‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र ? के बिहान साइत पारेर भ्रष्टाचार गरेरमा त्यो राम्रो हुन्छ र ?’

baba_education.gif 870.63 KB

सञ्चार क्रियाकलापका नाममा किर्ते र जाली काम रोक्ने काम गर्न सरकारले कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुुपर्ने र त्यसमा राज्यले भूमिका हुने विश्वास दिलाए ।

सो अवसरमा महासङ्घका अध्यक्ष निर्मला शर्मासहितका पदाधिकारी र सदस्यलाई प्रधानमन्त्री ओलीले बधाई दिनुुभएको थियो भने महासङ्घका अध्यक्ष र महासचिव रामप्रसाद दाहालले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा ध्यानाकर्षण हस्तान्तरण गरेका थिए ।

अध्यक्ष शर्माले महासङ्घको निर्वाचन हुन विविध कारणले ढिलाइ भए पनि यस पटक महिला अध्यक्षको इतिहास रचिएको उल्लेख गर्दै यसमा राजनीतिक दल, पत्रकारिताका सङ्गठन र आम पत्रकारको साथ रहेको बताए ।

AS.gif 486.54 KB

प्रकाशित मितिः सोमबार, २९ पुस २०८१
https://jawaaf.com/storage/01JHFCYTYPRVER8WJ6WA8F7Y91.jpg

स्थानीय सरकार भनेको जनताको सरकार हो : उपप्रमुख डंगोल

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकार भनेको जनताको सरकार भएको बताएकी छिन् । सोमवार फास्टफुड एसोसियसन नेपालको आठौँ राष्ट्रिय अधिवेशनको समुद्घाटन समारोहमा बोल्दै उनले सबै भन्दा बढी आम नागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार भएको बताएकी हुन् ।

baba_education.gif 870.63 KB

उनले भनिन्, ‘आम नागरिकले धेरै राम्रोसँग व्यवसाय गरिरहनु भएको छ, तर हामी सबैले सचेत हुन जरुरी छ, सरकारले सधैँ ट्याक्स मात्र हामीलाई तिराउँछ , जरिबाना हामीलाई मात्र लगाउछ, कानूनमा मात्र बसाल्छ हामीलाई भन्ने लाग्न सक्छ । तर स्थानीय सरकार भनेको  जनताको सरकार हो । नजिकको सरकार हो, सबैभन्दा बढी आम नागरिकलाई समुदायलाई चिनेको बुझेको सरकार हो  भनेर आभास गराउनु पनि महत्वपूर्ण छ । त्यसकारणले पनि काठमाडौँ  महानगरपालिकाले फास्टफुडकै कम्पनीहरूसँग आबद्ध रहेका सबैलाई तालिम समेत दिएका थियौँ ।’

यसैगरी उनले महानगर जनताको राम्रो काम गर्न सधैँ तत्पर रहेको बताइन् । उनले राम्रो व्यवसाय गर्नेहरूलाई महानगरले प्रोत्साहन समेत गर्ने बताइन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः सोमबार, २९ पुस २०८१
https://jawaaf.com/storage/01JHD3TTDHXE6WZ073HRX5NRK1.jpg

‘फौजदारी मुद्दा बढ्नु या घट्नुमा सरकारी वकिल कार्यालयको भूमिका छैन्’

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले आफूहरू कानुन संशोधनको तयारीमा रहेको जानकारी गराएका छन् । आइतवार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हिउँदे अधिवेशनमा फौजदारी न्याय प्रशासनसँग सम्बन्धित अपराध संहिता संशोधनको प्रस्ताव विधेयक र फौजदारी कार्य सहिँताको संशोधन विधेयक पेस गर्ने जानकारी दिए । 

Bantawa Hardware.gif 828.52 KB

उनले भने,‘हामी अहिले कानुन संशोधनको तयारीमा छौं । सम्भवत यही हिउँदे अधिवेशनमा फौजदारी न्याय प्रशासनसँग सम्बन्धित भएर अपराध संहिता संशोधनको प्रस्ताव विधेयक जान्छ । फौजदारी कार्य समिताको पनि संशोधन विधेयक पेस हुन्छ । र उल्लेख भएका कतिपय समस्याहरू त्यसमार्फत समाधान गर्ने छौँ ।’ 

उनले संविधानले तोकेको दायराभन्दा बाहिर आफूहरू जाने स्थिति नरहेको भन्दै फौजदारी मुद्दा बढ्नु या घट्नुमा सरकारी वकिल कार्यालयको कुनै भूमिका नरहेको बताए । जनसङ्ख्या वृद्धि ,अहिलेको आधुनिक टेक्नोलोजीको प्रयोगसँगसँगै फौजदारी मुद्दाको सङ्ख्या बढिरहेको भन्दै त्यस सन्दर्भमा अनुसन्धान गर्ने निकायहरूसँग मिलेर काम गरिराखेको पनि उनले जानकारी दिए । 

AS.gif 486.54 KB

उनले भने,‘हाम्रो भूमिका भनेको संविधानले जुन दायरा दिएको छ,त्यही नै हो । किनकी संविधानले तोकेको दायराभन्दा बाहिर जाने स्थिति रहेन । फौजदारी मुद्दा बढ्नु या घट्नुमा सरकारी वकिल कार्यालयले कुनै भूमिका खेल्न सक्दैन् । मुद्दा बढ्नु आफैँमा राम्रो होइन् । त्यसमा पनि फौजदारी मुद्दा बढ्नु त झन आफैमा राम्रो होइन् । जनसङ्ख्या वृद्धिलगायत अहिलेको आधुनिक टेक्नोलोजीको प्रयोगसँगसँगै यो सङ्ख्या बढिरहेको छ । यसलाई कसरी र कुन तरिकाबाट कम गर्ने भन्ने सन्दर्भमा अनुसन्धान गर्ने निकायहरूसँग मिलेर काम गरिराखेको छौं ।’

त्यस्तै महान्यायाधिवक्ता बडालले मुद्दा मिलापत्र गर्न दिएको कारणले गर्दा पीडितलाई अन्याय हुने हो कि भन्ने आशँका हुने गरेको भन्दै सबै मुद्दामा मिलापत्र गर्ने मौका नदिइ केही सीमित मुद्दाहरुमा मात्रै मिलापत्र गर्न अनुमति दिइएको प्रस्ट पारे । 

NOW.gif 152.32 KB

प्रकाशित मितिः आइतबार, २८ पुस २०८१
https://jawaaf.com/storage/01JHD11MSJ6F4YEMJ1RJX9J0KH.jpg

लोकतान्त्रिक अधिकारहरुको दुरुपयोग भइरहेको छ : उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको बताएका छन् । राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको हक सम्बन्धी कानूनको अभ्यास बिषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको सहि र मर्यादीत प्रयोग भएमात्र लोकतन्त्र सुदृढ हुन सक्ने भन्दै लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको बताएका हुन् । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

उनले भने,‘लोकतन्त्रको सहि र मर्यादीत प्रयोग भयो भने मात्र लोकतन्त्र सुदृढ हुन्छ । कहिलेकाँही लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको देखिन्छ । मिस इन्फरमेसन, डिसइफरमेसनहरु, डिक फेकहरु, फेक न्यूजहरुले सिङ्गो दल,दलका नेताहरु यो हतियार प्रयोग भएको छ । त्यस कारणले यो लोकतन्त्रलाई मर्यादित कसरी बनाउने, लोकतन्त्रले दिएको अधिकारलाइ सहि सदुपयोग हुने व्यवस्था कसरी बनाउने भन्ने कुरालाई हेर्नुपर्छ ।’

Pathivara.gif 82.25 KB

त्यस्ते उनले दलहरुको बृहत उत्तरदायित्व आम जनतासँग सम्बन्धित रहने भएकाले उनीहरुले गलत गरे जनताले दण्डीत गर्ने व्यवस्था रहेको बताए । दलहरुको आम्दानिको स्रोतको बारेमा प्रश्न उठ्दै गर्दा दलहरुको आर्थिक जिवनलाई पारदर्शी गर्ने हो भने स्ट्रेट फन्डिङको बिषयलाई जोडेर हेर्नुपर्ने उनको भनाई छ ।

baba_education.gif 870.63 KB

उनले भने,‘संविधान मातहत रहेर, कानून मातहत रहेर नै उनीहरुले काम गर्ने हुन् तर उनीहरुको बृहत उत्तरदायित्व आम जनतासँग सम्बन्धित हुन्छ । उनीहरुले गलत गरे भने जनताले दण्डीत गर्ने निर्वाचनबाट गर्ने व्यवस्था पनि छ । यदि दलहरुले गल्ती गरे प्रचलित कानूनबाट पनि दण्डित हुन्छ । सँगसँगै आम जनताले सार्वभौम ऐन अनुसार ५÷५ बर्षमा आफ्नो अधिकार प्रयोग गर्दा त्यहानेर पनि गर्छन् । दलहरुको आम्दानीको स्रोतको बारेमा प्रश्न उठ्दै गर्दा दलहरुको आर्थिक जिवनलाई पारदर्शी गर्ने हो भने स्टेट फन्डिङको बिषयलाई जोडेर हेर्नुपर्छ । संविधानका सबै दफाहरु एकआपसमा स्वतन्त्र पनि हुन्छन् एकआपसमा अन्तरसम्बन्ध पनि छन् ।’ 

प्रकाशित मितिः आइतबार, २८ पुस २०८१
https://jawaaf.com/storage/01JHAFC0Z6P4BY3RP3XGEBRHQR.jpg

प्रधानमन्त्री ओलीका हप्ता दिन : सरकारको नभइ संगठनकै काममा व्यस्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरू धेरैजसो दौडधुपमै विते । बितेको एक हप्तामा प्रधानमन्त्री ओली उद्घाटन, भाषण र एक अर्कालाई व्यङ्ग गर्नैमै बिताएका छन् ।

हप्ताको पहिलो दिन आइतवार १४ गते ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा ओलीले एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् भन्दै एमालेको तारिफ गर्न भ्याए । उनले पार्टी प्रवेश गर्नेहरूलाई स्वागतसँगै पार्टीमा आउने छनोट सही भएको बताए ।

‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईँहरूको एमालेमा आउने छनोट सही छ । तपाईँहरू नमुना हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरू सबै मिलेर साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरूको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरू ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरूलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।’

ओली सोही दिन नै पर्सा पुगे । जहाँ उनले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक छ भन्दै खरो भाषण दिएर फर्किए ।

‘हामी क्रान्तिकारी हौं । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुस गर्नु होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ । मधेसका मसिया भन्ने पार्टीका नेताहरूले विकास निर्माणमा नभइ संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे । हामी त्यस्तो गर्दैनौँ । मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्व दिएका छौँ । यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस् ।’, प्रधानमन्त्री ओलीले भने, ‘अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइसकेको छ । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो । त्यसकारण म अरू पार्टीमा रहेका साथीहरूलाई पनि एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।’

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

यसरी आफू र आफ्नो पार्टीको धाक लगाउन कहिले नछोड्ने प्रधानमन्त्री केपी नै हुन् भन्दा पनि फरक पर्दैन होला । उसो त अरू नेताहरू पनि कमका छैनन् । जस्तोसुकै काम गरे पनि पार्टी सबैभन्दा राम्रो आफ्नै हो भन्ने धारणा सबैमा हुनु स्वभाविक जस्तै बनेको छ ।

ओलीे पुस १५ गते लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबिच सहकार्य सम्झौता कार्यक्रममा सहभागी भए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबिच सताब्दिऔँदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुुई देशबिच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गरे । 

ओलीे पुस १९ गते जनप्रतिनिधिहरूको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा सहभागी भए । जहाँ उनले महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको बताए ।

‘व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरूको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ’, प्रधानमन्त्री ओलीले भने ।

सोही दिन ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरे । उनले करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले) को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल गरे ।

यसैगरी पुस २१ गते ओलीले एमाले केन्द्रीय समिति बैठक डाके । जहाँ ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरे ।

उक्त बैठकमै ओलीले देशभक्त र प्रगतिशील मजबुत भएकाले प्रतिक्रियावादी शक्तिहरू आतङ्कित भएका छन् भन्दै दरो कटाक्ष दिए । जसमा उनले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरे । उनले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भइ झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गरे । 

‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ ।’, अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ।’

यसैगरी पुस २३ गते ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावाबीच भलिबल खेलमा पदक विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरे ।

यसैगरी पुस २४ गते ओलीले प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाल निर्माण उद्योग परिषद्का कर्मचारीहरूसँग भेटवार्ता गरे । 

यसैगरी पुस २५ गते ओली अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न पुगे । जहाँ उनले एमालेमा बार्गेनिङ चल्दैन भन्दै भाषण दिएर आफ्नो बाटो लागे । 

‘हामी आफ्नो पार्टी विस्तार गर्छौ । कोही आउँछ भने मिल्नु आउँदा हुन्छ । मर्ज गर्न आए हुन्छ । तर एकताका नाममा बार्गेनिङ चल्दैन् । नेकपा एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा अलिकति मान भनेर नीतिमा बाँडफाँड गर्ने र सङ्गठनमा योग्यता नभएका मान्छे म स्थायी कमिटी सदस्यमा आउँछु भनेर बार्गेनिङ गर्न मिल्लदैन । उहीसँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बार्गेनिङ गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ।’

यसैगरी पुस २६ गते ओली नेपाल हस्तकला महासङ्घको ४४ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा पुगे । उनले उक्त कार्यक्रममा हस्तकला क्षेत्र सरकारको सधै प्राथमिकतामा रहने भन्दै आश्वासन दिए ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शनिबार, २७ पुस २०८१