सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JWMKNJH8EGQGMRG2HEGXR9MS.jpg

कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुरलाई सधैं परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताएका छन् । शनिवार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति धन्यवाद व्यक्त गरे ।

‘कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,’उनले भने, ‘यसपटक जित्न विशेष प्रयास गर्यौ डा. शिव शरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्‍याउन सक्यौँ। हामी निराश भएका छैनौँ, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका छौ ।’

प्रचण्डले माओवादी केन्द्र सरकारमा जाँदा पटक–पटक कांग्रेस र एमालेसँग सहकार्य गरेको तर त्यसबाट राम्रो अनुभव नभएको उल्लेख गरे । उनले भने, ‘हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सरेको जस्तो भयो। उनीहरूको रोग त फेरि सरुवा रोग हो। अब जनताको घर–घरमा गएर त्यसको उपचार गर्छै । हामी अब उनीहरूसँग सहकार्य गर्दैनौ ।’

प्रचण्डले सरकारमा रहँदा माओवादी केन्द्रले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गरेको कारण दलाल र बिचौलिया अत्तालिएर सरकार विरुद्ध लागेको उल्लेख गरे । उनले भने,‘जनताले माओवादी नै जनताको पक्षमा काम गर्छ भन्ने विश्वास गर्न थालेका थिए, तर यही काम बिचौलियालाई मन परेन, त्यसैले अपारदर्शी ढंगले हामीलाई सरकारबाट हटाइयो ।’

उनले पार्टी सरकारबाट बाहिरिएपछि पार्टीले आत्मसमीक्षा गर्दै देशव्यापी जनता सङ्ग जोडिने अभियान सञ्चालन गरेको जानकारी दिए । ती अभियान अन्तर्गत तराईमा हुलाकी मार्ग केन्द्रित, पहाडमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र अन्य अभियान सञ्चालन गरिएको उनले बताए ।

प्रचण्डले हुलाकी अभियानमा तराईमा ८–९ लाख जनताले पार्टीमा प्रवेश गरिसकेको र हालसम्म दुईवटा पार्टीसँग एकता भइसकेको जानकारी दिए । उनले मध्यपहाडी लोकमार्ग अभियान सकिएपछि थप तीन वटा पार्टीसँग निषर्त एकता गरिने जानकारी समेत दिए । ‘अब जनताले बुझ्न थालेका छन् माओवादी र कांग्रेस–एमाले पार्टी एउटै होइन्, माओवादी केन्द्र नै जनताको असली प्रतिनिधि हो भन्ने कुरा जनताले बुझ्दै गएको छ,’उनले भने ।

प्रकाशित मितिः आइतबार, १८ जेठ २०८२
https://jawaaf.com/storage/01JWMHKQDA3Z3WQV1X0PH0M7R8.jpg

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भुभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । यी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यस्तै, देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । 

बिहीबार रातीबाट कोशी प्रदेशका अधिकांश भूभागमा मनसुन विस्तार भइ कोशी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ । 

प्रकाशित मितिः आइतबार, १८ जेठ २०८२
https://jawaaf.com/storage/01JWK1MZJTMFXDCJACZTABNXR3.jpg

मनसुन भित्रिएसँगै पूर्वमा वितण्डा : के छ सरकारको तयारी ?

इटहरी । शुक्रवार देखि औपचारिक रूपमा प्रवेश गरेको मनसुनले कोशी प्रदेशमा त्रास फैलाएको छ। निरन्तर वर्षापछि आएको बाढी र पहिरोले धनकुटा देखि झापा सम्मको जनजीवन प्रभावित बनाएको छ। प्रमुख सडक अवरुद्ध छन्, बस्ती जोखिममा परेका छन् र मानिसहरू अलपत्र परेका छन्। 

धनकुटामा लेउती खोलाको वितण्डा : कोशी लोकमार्ग १०० मिटर बगायो

धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको झन्डै १०० मिटर सडक भाग बगाएको छ। शुक्रवार राति देखि नै अविरल वर्षा भइरहँदा खोलाले सडक नै बगाएपछि सवारी आवागमन ठप्प भएको छ।

यातायात अवरुद्ध हुँदा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट धरान, इटहरी र विराटनगरतर्फ आउने तथा जाने सवारीसाधन रोकिएका छन्। शनिवारकै दिन शिक्षक सेवा आयोगको परीक्षा रहेका कारण सयौँ परीक्षार्थीहरू समयमै केन्द्र पुग्न नसकी अलपत्र परेका छन्।केही वर्ष अघिपनि यही खण्डमा खोलाले सडक बगाएर ठूलो क्षति पुर्‍याएको थियो। 

मोरङमा केशलिया खोलाको जोखिम, बस्तीमा त्रास

मोरङ जिल्लाको विराटनगर–१२ मा पर्ने केशलिया खोलाले बस्ती नै जोखिममा पारिदिएको छ। स्थानीयवासीहरूका अनुसार खोलामा अस्थायी तटबन्ध निर्माण भए पनि खोलामा आएको अत्यधिक पानीले त्यसलाई समेत काट्दै बस्तीमा पस्ने खतरा बढेको छ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले केशलियमा ठेकेदारको लापरवाही प्रमुख कारण भएको आरोप लगाएका छन्।उनले आयोजना अनुगमनमा खटिएका अधिकृत र ठेकेदारमाथि कारबाही गर्न माग गरेका छन्।

झापामा एसियन हाइवेको निर्माणाधीन डाइभर्सन बगाएपछि यातायात प्रभावित

झापाको मेचीनगर क्षेत्रमा निर्माणाधीन एसियन हाइवे अन्तर्गतका तीनवटा डाइभर्सन—कालीखोला (काँकडभिट्टा), ढुकुरे खोला (धुलाबारी) र एनिमल अन्डरपास क्षेत्र (चारआली)—मा आएको बाढीले संरचना बगाएको छ । काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालयका प्रमुख इन्जिनियर सुनिलबाबु पन्तका अनुसार ती डाइभर्सनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

पूर्व–पश्चिम लोकमार्गको पूर्वी खण्डमा यातायात प्रभावित हुँदा झापा, इलाम र पाँचथरसँगको सडक आवागमनमा समस्या भएको छ। 

सुनसरीमा चतरा देखि बराहक्षेत्र जोड्ने सडकमा पहिरो

सुनसरी जिल्लाको चतरा–बराहक्षेत्र सडकमा पहिरो खसेपछि सवारी साधन चल्न सकेका छैनन्। धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण यस मार्गमा अवरुद्ध हुँदा स्थानीय बासिन्दा र पर्यटकहरूलाई कठिनाइ भएको छ।

सरकारको तयारी के छ?

कोशी प्रदेश सरकारका अनुसार मनसुन सुरु हुनुअघि नै बाढी, पहिरो तथा अन्य विपद् व्यवस्थापनको पूर्वतयारी नकसाङकन अनुसार थालिएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार, ‘विज्ञहरूको सुझाव र प्रतिवेदनको अध्ययन गरी विपद् प्रतिकार्य र पुनर्निर्माणका लागि बजेट छुट्याइएको छ। स्थानीय तहसँग समन्वय गरी काम अगाडि बढाइन्छ।’

भण्डारीका अनुसार, अघिल्ला वर्षमा विपद् व्यवस्थापनका लागि प्रशासनिक खर्चबाट रकम व्यवस्थापन गर्नुपर्ने बाध्यताले काममा ढिलाइ भएको हो। ‘तर, अब आगामी वर्षदेखि नै योजना अनुसार पूर्वतयारी हुन्छ,’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालका अधिकांश नदीहरूमा बाढीको खतरा अझै यथावत् रहेको जनाएको छ। विशेषगरी कोशी, तमोर, बुढीगंगा, कन्काई लगायतका नदीमा पानीको बहाव उच्च रहनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित मितिः शनिबार, १७ जेठ २०८२
https://jawaaf.com/storage/01JWJHMQ3NSSBWCBM8ZEAK8RMW.jpg

रुस–युक्रेन युद्ध : रुसले १४ सयबढी युक्रेनी ड्रोनहरू खसालेको दाबी

एजेन्सी । रुसले गत हप्तामा १,४०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ । शुक्रबार जारी गरिएको दुई देशबीचको द्वन्द्वको अद्यावधिक जानकारी अनुसार उक्त विवरण सार्वजनिक गरिएको हो । 

तर युक्रेनले रुसी ड्रोनहरू प्रहारबाट बच्न आफ्नो नयाँ विकसित वायु रक्षा क्षेप्यास्त्र प्रणाली प्रयोग गरेको बताएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले गत हप्ता युक्रेनभित्र राष्ट्रिय रक्षाका तयार गरिएका औद्योगिक सुविधाहरू, सैन्य विमानस्थलहरू र हतियार तथा गोलाबारुद भण्डारणमा आक्रमण गरेको छ।

रुसी सेनाले सुमी, खार्किभ र डोनेट्स्कको दिशामा आक्रमण सुरु गर्दा धेरै युक्रेनी आक्रमणहरूलाई विफल पारेको पनि बताएको छ । रुसी वायु सेनाले १,४३९ युक्रेनी फिक्स्ड–विङ ड्रोनहरू खसालेको जनाइएको छ ।

रुसी सेनाले सुमी, खार्किभ र डोनेट्स्कका १३ बस्तीहरू नियन्त्रणमा लिएको छ। ओडेसामा भएको रुसी ड्रोन आक्रमणको प्रतिकार गर्न, युक्रेनी सेनाले विदेशी साझेदारहरूको सहयोगमा विकसित गरिएको मोबाइल वायु रक्षा मिसाइल प्रणाली प्रयोग गरेर रुसी जेट ड्रोनहरू खसालेको जनाएको छ । (सीसीटीभीप्लस)

प्रकाशित मितिः शनिबार, १७ जेठ २०८२
https://jawaaf.com/storage/01JWJFFYYTXJ3JJABNA3D8HAS1.jpg

गृहमन्त्रीको राजीनामा मागिनु अनुचित क्रियाकलाप हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित क्रियाकलाप भएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित ‘हाफ म्याराथुन’ को शुभारम्भपछि उक्त गृहका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताए । 

उनले भने, ‘म प्रतिक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ । गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन । पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सिआइबीले छानबिन गरिरहेको थियो । अहिले त्यस्तो अवस्था होइन त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो । यसरी विरोध गरिएको छ कि मानौँ ३५ मिलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन ।’ 

यस्तै, उनले बच्चाहरुले झोला वा खेलौना हात्ति किनिदेउ भन्दा किनिदिन नसकेपछि सक्कली हात्तिलाई झोलामा हालिदेउ भन्दा हाल्न नसकिए जस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताए । 

कुनै पार्टीभित्रका समस्या वैयक्तिक आकाङ्क्षा–धु्रवीकरणहरु हुन सक्ने र त्यसका आधारमा विरोध आउन सक्ने भए पनि घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई डिष्टर्ब हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह थियो ।

उनले बजेट यथार्थपरक र सम्भव हुने हिसाबले यस पटकको बजेट आएको पनि बताए । 

उनले भने, ‘हामीलाई त्यसै पपुलिष्ट हुनु छैन । राम्रा काम गर्नु छ । यथार्थभन्दा बाहिर गएर बजेट ल्याउनु भनेको अर्थतन्त्रलाई विनासको बाटोमा लाग्नु हो । गत वर्ष सात हजार आयोजनालाई विना आधार बढाइएको थियो । माइनस २४ प्रतिशतमा रहेको राजस्वलाई बढाएर ३० प्रतिशतमा लाने भन्ने निराधार प्रक्षेपण गरिएको थियो । हामी त्यस्तो गर्दैनौँ । हामीले पहिला पूर्वाधार विकासमा जोड दियौँ । पूर्वाधार विकासमा धेरै काम भएकाले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएका छौँ ।’

प्रकाशित मितिः शनिबार, १७ जेठ २०८२
https://jawaaf.com/storage/01JWJ69B39EW05XBQ97N2NZSZ0.jpg

आफ्ना निर्वाचन क्षेत्रमा बजेट छुट्याउन सांसदहरुको दवाव

हेटौंडा । बिगतका वर्षहरूमा जस्तै बागमती प्रदेशका सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा बजेट छुट्याउनका लागि सरकारमा रहेका मन्त्रीहरूलाई दवाव दिइरहेका छन् । 

आवश्यकताका आधारमा बजेट छुट्याउने भनपनि भनसुन र दवावका आधारमा बजेट छुट्याउने गरिएको छ । अहिले प्रदेशका मन्त्रालय र मातहतका कार्यालयहरूमा आफ्ना निर्वाचन क्षेत्रमा बजेट छुट्याउनका लागि सांसदहरूले दवाव दिइरहेका छन् ।

जति दवाव दिएपनि मन्त्रीहरूले भने आफुअनुकुलका निर्णय गर्नेगरेको सांसदहरूको गुनासो छ । सबै निर्वाचन क्षेत्रमा र आवश्यकताका आधारमा बजेट विनियोजन गर्नका लागि सांसदहरूले आग्रह गरेपनि मन्त्री र सचिवहरूले आफूखुसी बजेट विनियोजन गरेको एक सांसदले बताए । सरकारमा रहेकै दलका सांसदहरूपनि मन्त्रीहरूप्रति असन्तुष्ट रहेका छन् ।

बागमती प्रदेशसभाका सदस्यहरूले २०८२/०८३ को बजेटमा निर्वाचन क्षेत्र कोष ब्युँताउन सरकार समक्ष दबाब सिर्जना गरिरहेका छन् । २०८१/०८२ को बजेटमा घुमाउरो बाटोबाट प्रदेश सांसदका लागि बजेट विनियोजन गरेको सरकारलाई ‘प्रदेशसभा सदस्यको तजबिजमा खर्च गर्ने गरी’ बजेट विनियोजन गर्न सांसदहरूले दबाब सिर्जना गरिरहेका हुन् । 

चालु आवमा प्रदेशका सांसदकै मागअनुसार योजना छनोट तथा सञ्चालन गर्ने गरी सरकारले बजेट विनियोजन गरेको थियो । सरकारले सांसदलाई आफ्नो निर्वाचन क्षेत्रका मतदाताको विकाससम्बन्धी समस्या र गुनासो सम्बोधन गर्न सहज वातावरण सिर्जना गर्दै लगिने बजेट वक्तव्यमा उल्लेख गरेको थियो ।

‘प्रदेशसभाका सदस्य र स्थानीय तहबिच सुमधुर सम्बन्ध कायम गरी अन्तरतह समन्वय प्रभावकारी बनाउन तथा विकास र शासनलाई थप जनमुखी बनाउन प्रदेशसभाका सदस्यको प्रत्यक्ष सहभागितामा विकास कार्यक्रम र आयोजना छनोट गरी कार्यान्वयन गर्न प्रदेश विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम छुट्याएको’ चालु आवको बजेट वक्तव्यमा छ । यस कार्यक्रमका लागि विनियोजित बजेटको अंकभार भने तोकिएको थिएन ।

सरकारले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदलाई क्रमशः ५ र ३ करोड रुपैयाँ विनियोजन गर्नेगरी छलफल भएको र सोही अनुसार बजेटमा कार्यक्रम समावेश गरिने तयारी भएको प्रदेशका एक सांसदले दाबी गरे ।

प्रकाशित मितिः शनिबार, १७ जेठ २०८२
https://jawaaf.com/storage/01JWJ35E88QJSFFT9BKDV91R04.jpg

पूर्वसांसद आलमलाई मस्तिष्कघात, रौतहट आउने कार्यक्रम स्थगित

रौतहट । नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले शुक्रबार अस्पताल र्पुयाएका हुन। अहिले आलमको माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा  उपचार भइरहेको छ । 

पूर्वसांसद आलमको मस्तिष्कघातका कारण अस्पताल भर्ना भएकाले आज शनिबार रौतहट आउने कार्यक्रम स्थगित भएको तरुण दलका केन्द्रीय सदस्य शेख नौसाद आलमले बताए । पूर्वसांसद आलम आलम अस्वास्थका कारण तत्काल रौतहट नआउने उनको भनाइ छ ।

उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन्। लामो समयदेखि औषधि सेवन गर्दै आएका पूर्वसांसद आलमको मस्तिष्कघात भएपछि शुक्रबार बिहान करिब ११ बजे परिवारले अस्पताल र्पुयाएका थिए। अहिले आइसियुमा राखेर उनको उपचार भैरहेको छ ।’ केन्द्रीय सदस्य आलमले भने । 

पूर्वसांसद आलमको स्वास्थ्यमा केहि सुधार हुदै गएको उनले जानकारी दिए । राजपुर बमकाण्डको अभियोगमा आलम ५  बर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएर बुधवार रिहाई भएका हुन। ०६४ चैत्र २८ गते भएको पहिलो संबिधान सभा निर्बाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाईते भएकाहरुलाई जिउँदै ईटा भटामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेपछि कारागार थिए । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको फैसला उच्च अदालत जनकपुरको अस्थायी इजलासले उल्ट्याएको हो ।

न्याय परिषदमा उजुरी

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय डा।खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा औपचारिक उजुरी परेको छ । न्यायाधीशद्वय विरुद्ध छानबिन गरी कारवाही र निलम्बनको माग गर्दै युवराज पौडेल (सफल) ले उजुरी दर्ता गराएका हुन । उनले उजुरीमा न्यायाधीशद्वयलाई पदबाट निलम्बन गर्न,  उच्च अदालतको मिसिल र जिल्ला अदालतको फैसला दुवै अध्ययन गरी तुलना गर्न र उनीहरूले विगतमा गरेका अन्य विवादास्पद फैसलाहरूको पनि पुनरावलोकन गर्नका लागि उजुरीमा माग गरिएको छ ।

प्रकाशित मितिः शनिबार, १७ जेठ २०८२
https://jawaaf.com/storage/01JWGCKMJA5B32Q2JAG7TSX8WZ.jpg

चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित चार जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ । 

कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर विरुद्ध अख्त्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार आरोपपत्र दायर गरेको हो । 

प्रकाशित मितिः शुक्रबार, १६ जेठ २०८२
https://jawaaf.com/storage/01JWFJ83RFQEYFFER4D3P08KMK.jpg

संघीय गणतान्त्रिक गठबन्धन घोषणा

जनकपुर । मधेश केन्द्रित साना पाँच दलहरू मिलेर ‘संघीय गणतान्त्रिक गठबन्धन’ बनाएका छन् । बिहिवार जनकपुरधाममा गठबन्धन घोषणा समारोह गर्दै मधेश केन्द्रित ५ दलहरूले गठबन्धन घोषणा गरेका छन । गठबन्धनमा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी रहेका छन् ।

घोषणा समारोहमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवम पूर्वगृहराज्यमन्त्री अन्सारीले गणतन्त्रको नाममा सत्ताको खेल मात्र भइरहेको भन्दै गणतन्त्रको वास्तविकतालाई स्थापना र रक्षा गर्न गठबन्धन बनाएको बताए । उनले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेको आरोप लगाए ।

कथित मधेशका मसिहा कहलाउनेहरूले शहीदहरूको बलिदानीलाई सत्तासँग साट्ने काम मात्र गरेको उनको आरोप छ । उनले दलाल पुँजीपति, भ्रष्ट नेता र कर्मचारीहरूका कारण देशमा गणतन्त्रको अवस्था निकै खराब रहेको बताए । अन्सारीले जनताको गणतन्त्र निर्माण र स्थापना गर्नका लागि आफूहरूले गठबन्धन गरेको जानकारी दिए । उनले देशमा जस्को भोट त्यसकै राज हुने गरी वातावरण निर्माण गर्ने प्रतिबद्धता जाहेर गरे ।

उनले आफूहरूको गठबन्धन इच्छाले नभई जनता र मधेशलाई अधिकार सुनिश्चित गर्न आवश्यकताले निर्माण गरिएको उल्लेख गरे ।

प्रकाशित मितिः शुक्रबार, १६ जेठ २०८२
https://jawaaf.com/storage/01JWFE5PVRYF6XA9AJWG8YRS8A.jpg

कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो, कोशी प्रदेशका केही स्थान, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना छ । 

आज राति भने, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थान, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्था र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

प्रकाशित मितिः शुक्रबार, १६ जेठ २०८२