सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JWMFDV80VSDCR65M2KBXMJ75.jpg

मेयर साम्पाङको उद्घोषस् ‘राजा फर्काउने भए किराँतीले पनि आफ्नै राजा फर्काउनुपर्छ’

धरान, सुनसरी । किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा जेठ १७ गते शनिवार धरान  १७ स्थित साकेला सांस्कृतिक पार्कमा २०८२ सालको उभौली साकेला समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो शुभकामना मन्तव्यका क्रममा राजतन्त्र पुनर्स्थापनाको चलीरहेको बहसप्रति टिप्पणी गर्दै आफ्नो धारणा राखेका छन् ।

मेयर साम्पाङले यदि व्यवस्था परिवर्तन गरी राजतन्त्र फर्काउने हो भने किराँतीहरूको आफ्नै गौरवशाली इतिहास र राजा यलम्बरको विरासत स्मरण गराउँदै किराँतीहरूले पनि आफ्नै राजा फर्काउनुपर्ने बताए ।

Bantawa Hardware.gif 828.52 KB

समापन समारोहमा मेयर साम्पाङले किराँत संस्कृतिको संरक्षण र सामुदायिक एकताको महत्त्वमाथि विशेष जोड दिन आग्रह गरे। उनले उक्त कार्यक्रमलाई किराँत समुदायको सांस्कृतिक जागरुकताको अनुपम उदाहरणका रूपमा प्रस्तुत गर्दै मानवलाई अन्य जीवबाट अलग गर्ने प्रमुख तत्त्व संस्कृति नै भएको बताए। उनको सम्बोधनका क्रममा ढोलको आवाजलाई समुदायमा एकता र प्रगतिको आह्वानका रूपमा व्याख्या गरे भने मुन्धुमलाई किराँती व्यक्तिको इमान्दारीतापूर्ण वाणी भन्दै समुदायमा इमानदारी कायम राख्न आग्रह गरे।

मेयर साम्पाङले पहिचानको विषयमा बोल्दै राजनीतिक प्रगतिका लागि सांस्कृतिक जागरण आवश्यक रहेको धारणा राखे। परम्परागत सिली नृत्यलाई श्रमको अवधारणासँग जोड्दै उनले सामुदायिक श्रमको महत्त्वबारे जानकारी गराए । 

साथै, उनले विश्वभरका किराँती समुदायको आर्थिक सहयोगमा धरान २० मा सुम्निमा र पारुहाङको मूर्ति निर्माण कार्यहुने जानकारी दिए । त्यसैगरी धरान उपमहानगरपालिकाले विभिन्न भाषाहरूको संरक्षण र प्रवर्धनका लागि बहुभाषिक विद्यालय निर्माण गरिरहेको पनि उनले बताएका थिए ।

Pathiara_adv.gif 586.81 KB

प्रकाशित मितिः आइतबार, १८ जेठ २०८२
https://jawaaf.com/storage/01JWGMJK838BYM2KK8B6D5FEJX.jpg

सरकारले ल्याएको बजेट कर्णप्रिय लाग्छ, कार्यान्वयन पक्ष कमजोर छ : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सरकारमा भएपनि कांग्रेसका नेताहरुले सकारले गरेको नराम्रो कामको विरोध जनाउनुपर्ने बताएका छन् । 
शुक्रबार बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनलेकांग्रेस सरकारमा भएपनि सत्तामा नभएकासबै कार्यकर्ताले नराम्रो कामको विरोध जनाउनुपर्ने बताए । 
उनले भने,‘कांग्रेस सरकारमा छ भनेर हामीले नबोल्ने होइन । हामी सरकारमा छौं तर सत्तामा छैनौं । राज्यको सत्ता बेग्लै कुरा हुन्छ । सरकार बेग्लै कुरा हुन्छ । मन्त्रीहरूले सहकार्य गरुन् तर हामी जो बाहिर बसेकाहरूले असललाई असल र खराबलाई खराब भनौँ ।’

त्यस्तै उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको धारणा राखे । उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताए । गलतलाई गलत भन्नै नसक्ने हो भने बीपीका अनुयायी र कांग्रेसका कार्यकर्ता हुन नसक्ने उनको भनाइ छ । 

उनले भने,‘हिजो बजेट आयो सुन्दा कर्णप्रिय छ, सोचेकै जस्तो लाग्छ । तर नेपालको इतिहास हेर्ने हो भने कार्यान्वयन पक्ष चाँही अत्यन्तै कमजोर छ । राम्रो कामलाई राम्रो भन्नुपर्छ । तर गलत गरेको छ भने गलत भन्नैपर्छ । भन्न नसक्ने हो भने हामी बीपीका अनुयायीहुँदैनौं । हामी कांग्रेसका कार्यकर्ता हुँदैनौं । म यहाँ कसैको आलोचना गर्न आएको होइन, तर अत्यन्तै पीडा भएर बोल्दैछु ।’ नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको भन्दै उनले वर्तमान अवस्थाबाट निराश बनेको बताए । 

प्रकाशित मितिः शुक्रबार, १६ जेठ २०८२
https://jawaaf.com/storage/01JWE2CAZBBS5RJDZ5EJ7EN1WH.jpg

जसपा अध्यक्ष राईद्वारा गणतन्त्र दिवसको शुभकामना : संघीयता, सुशासन र समृद्धिको मार्गमा अगाडि बढ्न आह्वान

१५ जेठ, धरान। जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले १८ औँ गणतन्त्र दिवसको  अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष राईले नेपाली जनताले प्राप्त गरेको गणतान्त्रिक उपलब्धिलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै गणतन्त्र दिवसले राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष राईले २०६२/०६३ सालको महान् लोकतान्त्रिक जनआन्दोलनको प्रमुख उपलब्धिको रूपमा गणतन्त्रको स्थापना भएको स्मरण गराएका छन्। उनले २०६५ साल जेठमा संविधानसभाको पहिलो बैठकबाट भएको यसको औपचारिक घोषणा र कार्यान्वयनलाई नेपाली इतिहासको एक ऐतिहासिक सुरुवात भनेका छन्।

शुभकामना सन्देशमा अध्यक्ष राईले गणतन्त्र दिवसले सम्पूर्ण नेपालीहरूलाई गणतन्त्रको यो युगान्तकारी राजनीतिक उपलब्धिलाई अझ व्यवस्थित, बलियो र संस्थागत बनाउन प्रेरणा प्रदान गर्ने अपेक्षा राखेका छन्। साथै, उनले सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद को लक्ष्य प्राप्तिका लागि अझ बलियो प्रतिबद्धता, उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष राईले यस गणतन्त्र दिवसले राष्ट्र निर्माणको अभियानमा सम्पूर्ण नेपालीलाई एकजुट हुन आह्वान गर्दै सबैमा सुख, शान्ति र प्रगतिको कामनासमेत गरेका छन्।

प्रकाशित मितिः बिहिबार, १५ जेठ २०८२
https://jawaaf.com/storage/01JWD9WH21HZ52ZF9JS1RKDPPC.jpg

भिजिट भिसा प्रकरणमा दोषीलाई नछाड्ने पार्टीको स्पष्ट धारणा : गगन थापा

धरान। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा संलग्न कसैलाई पनि नछाड्ने स्पष्ट पारेका छन् । 

कांग्रेस धरान उपमहानगरपालिकाको आयोजनामा भएको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले राज्यका जिम्मेवार निकायबाटै नागरिक पीडित हुनु गम्भीर विषय भएको बताए । उनले कांग्रेसको स्पष्ट धारणा ‘दोषी जो भए पनि कारबाही, निर्दोषलाई सुरक्षा’ रहेको बताए । 

महामन्त्री थापाले भने, ‘दण्ड पाउँदै गर्दा यो, त्यो, तेरो, मेरो, दायाँ, बायाँ हुनुहुन्न । निर्दोष कोही पर्नुहुन्न, दोषी कोही फस्नुहुन्न । कांग्रेसको हिजो, आज र भोलिको धारणा यही हो ।’

गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान भइरहेकाले निष्कर्ष ननिस्कँदासम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने बताए । थापाले पार्टीले कानुनी प्रक्रियामा हस्तक्षेप नगर्ने र दोषीलाई उन्मुक्ति नदिने दृढता व्यक्त गरे । राज्यको जिम्मेवारीमा रहेको अधिकारीहरूबाट अख्तियारको दुरुपयोग गरेर भिजिट भिसाको नाममा जुन खालको सार्वजनिक भएको छ, यो सुन्दै गर्दा हामी स्तब्ध भएका छौँ,’ उनले भने ।

प्रकाशित मितिः बिहिबार, १५ जेठ २०८२
https://jawaaf.com/storage/01JW61T3EV303RH5CKBEA83YE0.jpg

गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निश्कर्ष

काठमाडौं । माओवादी केन्द्रको आजको बैठकले गृहमन्त्री रमेश लेखकले स्वतन्त्र, निष्पक्ष छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको छ । 

बैठकपश्चात माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । 

उनले भने,‘अहिले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिषामा विदेश पठाउने कार्यमा गृहमन्त्रालयका कर्मचारी जोडिएका भन्ने विषय छन् । सबैतिरबाट आवाज आइरहेको छ । यसमा नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ,’उनले थप भने,‘नेपाली कांग्रेसभित्रैबाट पनि राजीनामा माग भएको छ र हाम्रो पार्टीको बैठकले पनि अव गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्छ । पहुँच, प्रभाव र पावर प्रयोग हुनु भएन् । स्वतन्त्र, निश्पक्ष छानविनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निश्कर्ष छ ।’

यस्तै उनले पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र हुलाकी मार्ग केन्द्र अभियानले राष्ट्रिय एकता, जनजीविका लगायतका कुराहरु नयाँ अध्ययन अनुसन्धान गर्नका लागि मजबुत आधारहरु तयार भएको बैठकले निष्कर्ष निकालेको बताए ।

साथै उनले गंगालाल श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग र नेपा राष्ट्रिय पार्टीबीच एकताको  सबै कुरा टुङगोमा पुगेको बताए । 

प्रकाशित मितिः सोमबार, १२ जेठ २०८२
https://jawaaf.com/storage/01JW3VCHXSME6SNPZ7GSJ1B6K8.jpg

रास्वपाले जेठ १३ गते बस्ने संसद बैठक अवरुद्ध गर्ने सङ्केत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ १३ गते बस्ने बैठक अवरुद्ध गर्ने सङ्केत गरेको छ ।  आइतबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकमा रास्वपा सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको आदेश सदर गर्ने निर्णय मान्ने भए पनि केही त्रुटिहरू रहेको भन्दै त्यसबारे बहस गर्ने निष्कर्ष निकालेको छ । 

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष सुमनले सर्वोच्चको आदेशमा केही त्रुटिहरू भेटेको भन्दै त्यसको सार्वजनिक रूपमा बहस गर्ने बताए ।  बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको सवालमा पनि छलफल भएको बताए । 

‘यथास्थितिमा भ्रष्ट सरकार र गठबन्धनले देशलाई कतै पुर्याउँला जस्तो देखिँदैन’, झाले भने, ‘यो त एक अर्कालाई संरक्षण गर्ने भिजिट भिसा काण्डले नै देखाउँछ ।’ त्यो अभ्यास अन्तरगत यो भन्दा अगाडि जस्तै यात्राको बारेमा शिक्षक आन्दोलनको बारेमा लगायत विभिन्न समितिको जानकारी गराउने कुरा भयो । दुइदिन अघि सर्वोच्च अदालतको आदेशले तुलसिपुर उच्च अदालतको जुन आदेशलाई सदर गर्ने जुन निर्णय गरेको छ त्यसमा सबैजनाले एक अर्कालाई जानकारी गराउने निर्णय भएको छ । र त्यसलाई हामी कानुनी रुपमा मानेपनि यसको त्रुटि भएको बारे सार्वजानिक गर्नेर्छा । ’

साथै उनले  अब बस्ने संसद् बैठक सामान्य नहुने पनि बताए ।

प्रकाशित मितिः आइतबार, ११ जेठ २०८२
https://jawaaf.com/storage/01JW0JDV0AJM3BH80662XJCXCG.jpg

ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच प्रणालीप्रति उठ्यो प्रश्न

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच जारी रहेको पाइएको छ । स्पिड लेजर गनमार्फत प्रहरीले सवारी जाँचलाई निरन्तरता दिएको हो । 

ट्राफिक प्रहरीको लुकीछिपी चेकजाँचकै क्रममा २०८१ साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ओखलढुङ्गाका उत्तम कोइरालाको ज्यान गएपछि चर्को आलोचना खेपेको प्रहरीले सोही किसिमको चेकजाँच दोहोर्याएको हो ।

विशेषगरी भक्तपुर क्षेत्र वरपर यस्तो अवैज्ञानिक एव अव्यवहारिक ट्राफिक जाँचका कारण सवारी दुर्घटनाको संख्या दिनानुदिन बढ्दो छ । यस्तै किसिमको स्पिड लेजर गनमार्फत चेकजाँच शनिबार काठमाडौंको ग्वार्को–वालकुमारी क्षेत्रमा देखिएको थियो ।

साँघुरो सडक, अस्तव्यस्त सवारी, अव्यवस्थित ट्राफिक व्यवस्थापन र सवारी चालकबीचको चेतना अभाव यसअघि पनि दुर्घटनाका मुख्य कारण मानिँदै आएका थिए । यसैविचमा लुकिछिपी ट्राफिक चेकजाँचले दुर्घटना निम्ताइरहेको पाइएको छ ।

‘ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ तर लुकेर स्पिड जाँच गर्ने सिलसिलामा दुर्घटना निम्ताउन पाइँदैन् । अव्यवहारिक र अवैज्ञानिक चेकजाँच गर्नु भएन्,’काठमाडौं जोरपाटीका दिनेश बाँस्कोटाले भने । 

ओखलढुंगाका कोइरालाले ज्यान गुमाएको घटनापछि जनस्तरबाट उठेको चर्को आलोचना र दबाबका कारण उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भक्तपुरले छुट्टाछुट्टै दुईवटा छानबिन समिति गठन गर्नुप‍र्यो ।

अस्थायी रूपमा ट्राफिक प्रहरीले लुकिछिपी चेकजाँच रोकेको थियो । तर, नेपाली ब्यवस्थामा नीतिगत सुधार नहुनु, कानुनको कमजोरी र जिम्मेवार निकायको संवेदनहीनताले गर्दा अवस्था फेरि पुरानै शैलीमा फर्किएको छ ।

सडकमा जुनसुकै बेला र जुनसुकै ठाउँमा ट्राफिकको चेकजाँच, त्यो पनि गुपचुप तरिकाले हुनु भनेको ट्राफिक सुरक्षाको नाममा दुर्घटना निम्ताउनु रहेको बाँस्कोटाको भनाइ छ ।

नेपालमा विश्व स्मार्ट ट्राफिक प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल निगरानीमा अघि बढिसकेको छ । तर नेपालमा अझै पनि ट्राफिक चेकिङ प्रक्रिया परम्परागत शैलीमै रहेको छ । 

प्रकाशित मितिः शनिबार, १० जेठ २०८२
https://jawaaf.com/storage/01JV4BJGASM9RTA79N6MC3DW9E.jpg

खेलाडीबाट प्रशिक्षक बन्नु भनेको जीवनको एक महत्वपूर्ण ‘टर्निङ पोइन्ट’ हो : मन्त्री हाङ्गाम

धरान सुनसरी ३० बैशाख  ।  खेलाडीबाट प्रशिक्षक बन्नु जीवनको एक महत्वपूर्ण ‘टर्निङ पोइन्ट’ रहेको कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले बताउनुभयो । फुटबल जस्तो विश्वव्यापी खेलमा अग्रस्थानमा पुग्न चाहने हो भने समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न जरुरी छ । उहाँले भन्नुभयो, ताप्लेजुङको प्रगतिशील फुटबल क्लबका संस्थापक तथा अध्यक्ष समेत रहनु भएका मन्त्री हाङ्गाम कोशी प्रदेश फुटबल संघद्वारा आयोजित एशियाली फुटबल काउन्सिल (एएफसी ) लाइसेन्स ‘डि’ तहको सामुदायिक फुटबल प्रशिक्षक तालिमको आज धरानमा उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले “फुटबल अब हिजोको जस्तो सजिलो खेल रहेन । समयसँगै खेलको स्वरूप मात्र होइन, प्रतिस्पर्धा र दक्षताको मापदण्ड पनि बदलिएको छ ।”

मन्त्री हाङ्गामले प्रशिक्षार्थीहरूलाई लक्षित गर्दै फुटबल प्रशिक्षक भएर नयाँ पुस्ता तयार पार्नु चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्नुभयो । “हिजोको समयमा हामी मोजाको बल बनाएर खाली खुट्टै खेल्थ्यौं । तर अहिलेको पुस्ता आधुनिक जुत्ता र प्रविधिमैत्री बलको पहुँचसम्म पुगेको छ ।” उहाँले भन्नुभयो, उहाँका अनुसार, पहिले हारजितलाई सामान्य मानिन्थ्यो, तर अहिले खेल क्षमता र योग्यताको आधारमा मूल्यांकन हुने क्षेत्र बनिसकेको छ । “समयसँगै बदलिएको यथार्थलाई स्वीकारेर अघि बढ्नुपर्ने आवश्यकता आजको खेल क्षेत्रमा झन् बढेको छ,।” 

प्रविधिले ल्याएको परिवर्तनसँगै शिक्षा, खेलका नियमदेखि कला क्षेत्रसम्म सबैमा उल्लेख्य रूपान्तरण आएको उल्लेख गर्दै मन्त्री हाङ्गामले भन्नुभयो , “अहिलेको समयमा शिक्षकले विद्यार्थीको प्रश्नमा ‘भोली पढेर भन्छु’ भन्ने छुट छैन । सबै कुरा पहिले आफैंले पढेर,बुझेर सिकाउनु पर्ने आवश्यकता छ ।

कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले भन्नुभयो, “हाम्रो लक्ष्य दश वर्षभित्र विश्वकप फुटबलको प्रतिस्पर्धामा नेपालको सम्मानजनक उपस्थिति सुनिश्चित गर्नु हो ।” त्यो लक्ष्यमा पुग्नका लागि नेपाली फुटबललाई व्यवसायीकरण गर्न सक्नु जरुरी रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, फुटबलका सबै पक्षहरू,खेलाडी, प्रशिक्षक, रेफ्रीदेखि प्राविधिकहरूसम्मलाई आत्मनिर्भर बनाउने गरी व्यवसायिक ढंगले अघि बढ्न एन्फा क्रियाशील छ । एन्फा केन्द्रीय सदस्य दिपेन्द्र धिमालले फुटबल प्रशिक्षक तालिम सफलतापूर्वक सम्पन्न गर्नु सहज प्रक्रिया नभएको बताउनुभयो । ‘सी’ क्लासको लाइसेन्स परीक्षामा भाषा कमजोरीका कारण आफू असफल भएको स्मरण गर्दै उहाँले भन्नुभयो । तपाईंहरूलाई अहिले नेपाली भाषामा तालिम पाउने अवसर मिलेको छ । जुन तपाईंहरूको सौभाग्य हो । पहिलेका तालिमहरू अंग्रेजी भाषामा मात्र हुने र विदेशी प्रशिक्षकबाट प्रशिक्षण दिनुहुँदा भाषा एक मुख्य चुनौती हुने गरेको उहाँले बताउनुभयो । 

धरानस्थित एन्फा टेक्निकल सेन्टरमा चार दिनसम्म चल्ने आवासीय प्रशिक्षणमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आउनु भएका ६० जना प्रशिक्षार्थीको सहभागी रहेको छ । यस( एएफसी) लाइसेन्स ‘डि’ क्लासको प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षकहरू एएफसीबाट मान्यता प्राप्त हुनेछन् !

प्रकाशित मितिः मङ्गलबार, ३० वैशाख २०८२
https://jawaaf.com/storage/01JV3QP0DZXZN9JW74JW9BGCC6.jpg

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि आतंकवादी हमलाको कडा प्रतिकार गरिने बताएका छन् । पाकिस्तानसँग चारदिने सैन्य टकराब अन्त्य भएपछि राष्ट्रका नाममा सोमबार राति सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । 

भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको हवाई आक्रमण र प्रत्याक्रमणको श्रृखंला र दुवै पक्षबीच सीमापार भारी गोलाबारीपछि पहिलो पटक जनतालाई सम्बोधन गर्दै मोदीले भने, ‘यो युद्धको युग होइन । तर, यो आतंकको युग पनि होइन ।’

भारत नियन्त्रित कश्मीरमा आतंककारी हमलामा २६ जना पर्यटकको हत्यामा भारतले पाकिस्तानको हात रहेको बताएको थियो । पाकिस्तानले यसलाई खारेज गर्दै आएको छ ।

परमाणु हतियार भएका यी दुई छिमेकी देशबीच अमेरिकाको मध्यस्थतामा शनिबार युद्धविराम गर्ने सहमति भएको थियो । सो सहमति अहिलेसम्म कायम रहेको छ । दुवै राष्ट्रले सतर्क रहने बताएका छन् ।

सम्बोधनमा मोदीले भने, ‘यदि, भारतमा फेरि आतंकवादी हमला भएमा कडा प्रतिकार गरिनेछ । आतंक र व्यापारको विषयमा सौदावाजी हुन सक्दैन ।’ 

मोदीको यो टिप्पणी युद्ध नरोके भारत–पाकिस्तानसँग अमेरिकाले व्यापारिक कारोबार बन्द गर्ने बताएपछि दुईदेशहरू युद्धविराम गर्न सहमत भएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइतर्फ इंगित थियो ।

प्रकाशित मितिः मङ्गलबार, ३० वैशाख २०८२
https://jawaaf.com/storage/01JV26Y783ETQM5YP5QC1H96QT.avif

विद्युत सेवामा डिजिटल टेक्नोलोजी योगदान महत्वपूर्ण छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले डिजिटल टेक्नोलोजीको नेटवर्कका कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित टोक्मा एप लन्च कार्यक्रममा उनले विद्युत प्राधिकरणको ओपीजिडब्लू केबल देशभर नभएको भए आजको सञ्चार यसरी अगाडि बढ्न नसक्ने भन्दै नेटवर्क स्थापना गर्न विद्युत प्राधिकरणले ठूलो भूमिका खेलेको बताए ।

उनले भने, ‘नेपालको डिजिटल टेक्नोलोजी पूर्वाधारको हिसाबले धेरै नै राम्रो अवस्था छ । डिजिटल टेक्नोलोजीको लागि विद्युत प्राधिकरणले विद्यतु मात्र दिने होइन सञ्चारको नेटवर्क स्थापना गर्न पनि ठूलो भूमिका खेलेको छ । यदि हाम्रो ओपीजिडब्लू केबल देशभर नभएको भए आजको सञ्चार यसरी अगाडि बढ्न सक्ने अवस्थामा हुदैँन् थियो । पोल पोलबाट फाइबर घर घरमा पुगेको हुनाले पनि डिजिटल टेक्नोलोजीमा ठूलो सहयोग भएको जस्तो लाग्छ ।’ 

यस्तै, उनले टोक्मा एपले डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने भन्दै एपले रोजगारी सिर्जना गर्नको लागि ठूलो भूमिका खेल्ने बताए ।

उनले भने, ‘डिजिटल अर्थतन्त्रमा टोक्मा एपले महत्वपूर्ण योगदान दिने छ भन्ने लागेको छ । टोक्मा एपमा चार वटा फिचर राखेर आज लन्च गर्नु भएको छ, त्यो एकदमै राम्रो छ भन्ने मलाई लागेको छ, पर्यटकिय हिसाबले पनि, यो एपले रोजगारी पनि सिर्जना गर्नको लागि ठूलो योगदान पु¥याउछ भन्ने लागेको छ ।’

टेक्नोलोजीहरुले दैनिक कामलाई सहज बनाउन सहयोग गर्ने भन्दै यो एपले नेपालको डिजिटल टेक्नोलोजी विकासमा सहयोग गर्ने पनि उनको भनाइ छ । 

प्रकाशित मितिः सोमबार, २९ वैशाख २०८२